Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/🇳🇵Latest/बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बारामा प्रहरीको गोली लागेर घाइते भएका किशोरलाई काठमाडौं ल्याइयो

काठमाडौं । बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका करिब १६ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपका क्रममा पासवान घाइते भएका थिए। उनलाई सुरुमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो। नेशनल मेडिकल कलेजले थप उपचारका लागि रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए। नेशनल मेडिकल कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार रायसहितको चिकित्सकीय टोलीले शल्यक्रिया गरी उनको तिघ्राबाट गोली निकालेको थियो। काठमाडौं ल्याइएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। संघीय सरकारको अनुदानमा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने क्रममा भएको झडपमा पासवान घाइते भएका थिए। घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन
Latest NewsJust now

भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन

नयाँदिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा भएको प्रदर्शनमा हजारौँ मानिस सहभागी भए । उनीहरूले विभिन्न झण्डा बोकेर बाजागाजासहित केन्द्र सरकारका नीतिविरुद्ध नाराबाजी गरेका थिए । सन् २०२३ मा मोदी सरकारलाई सत्ताबाट हटाउने उद्देश्यले गठन गरिएको गठबन्धनमा आबद्ध दलहरूले विभिन्न ...

केन्द्रबिन्दु
बडीमालिकामा सम्पर्कविहीन भएका कार्की मृत भेटिए
Latest NewsJust now

बडीमालिकामा सम्पर्कविहीन भएका कार्की मृत भेटिए

काठमाण्डु धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन् । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आज सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । खोजी कार्य […] ...

काठमाण्डुपाटी
ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो
Latest NewsJust now

ग्राउण्ड खेल्न नमिल्ने थियो, फ्यानको लागि खेलियो

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक पोस्ट गरेको छ। सुदूरपश्चिमले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमा ‘म्याऊ अरे, सुदूरपश्चिम सुरुबाटै खेल्ने मुडमा थिएन’... ...

रातोपाटी
बालेनका सल्लाहकारले रास्वपा बैठकमा भनेः पत्रकार पक्राउबारे गृहमन्त्रीलाई पूर्वजानकारी थियो
Latest NewsJust now

बालेनका सल्लाहकारले रास्वपा बैठकमा भनेः पत्रकार पक्राउबारे गृहमन्त्रीलाई पूर्वजानकारी थियो

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम साहले शुक्रबार केही पत्रकारलाई पक्राउ गरिएको र केहीलाई पक्रन सञ्चार माध्यमको समाचार कक्षमै प्रहरी पसेको विषयमा नयाँ खुलासा गरेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकमा शनिबार उनले घटनामा प्रधानमन्त्री र प्रधानमन्त्रीको टिमका कोही सदस्यको संलग्नता नरहेको दाबी गरे । तर, गृहमन्त्री सुधन […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play