Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा भएको प्रदर्शनमा हजारौँ मानिस सहभागी भए । उनीहरूले विभिन्न झण्डा बोकेर बाजागाजासहित केन्द्र सरकारका नीतिविरुद्ध नाराबाजी गरेका थिए । सन् २०२३ मा मोदी सरकारलाई सत्ताबाट हटाउने उद्देश्यले गठन गरिएको गठबन्धनमा आबद्ध दलहरूले विभिन्न राज्यबाट आफ्ना कार्यकर्ता भेला गराएका थिए । नयाँदिल्लीमा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको केही सातापछि यो प्रदर्शन भएको हो । प्रमुख विपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धीको नेतृत्वमा भएको प्रदर्शनमा युवाहरूको ‘कक्रोच’ आन्दोलनले पनि समर्थन जनाएको थियो । प्रदर्शनकारीहरूले भारतीय लोकतन्त्रको रक्षा गर्न आह्वान गर्दै मतदाता नामावली पुनरावलोकनमा देखिएको विवादलाई लिएर प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका थिए । गत महिना प्रहरीले नयाँदिल्लीमा प्रदर्शनका लागि तोकिएका स्थानको सूचीबाट ‘जन्तर मन्तर’ हटाएपछि प्रदर्शनकारीहरू रामलीला मैदानमा भेला भएका थिए । जन्तर मन्तर लामो समयदेखि राजधानीमा विरोध प्रदर्शनको प्रमुख स्थलका रूपमा परिचित छ । अधिकारीहरूका अनुसार प्रदर्शनस्थल र प्रदर्शन मार्गमा हजारौँ प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो । निगरानीका लागि २०० भन्दा बढी सीसीटीभी क्यामेरा, ड्रोन र सुरक्षाकर्मीले शरीरमा जडान गर्ने क्यामेरासमेत प्रयोग गरिएको थियो । मतदाता नामावली पुनरावलोकनका क्रममा गत वर्षयता १३ करोडभन्दा बढी नाम हटाइएको छ । आलोचकहरूले यो प्रक्रिया राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यसबाट लाखौँ मानिस मताधिकारबाट वञ्चित हुन सक्नेछन् भने अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदाय बढी प्रभावित हुने जोखिम छ । निर्वाचन आयोग र मोदी सरकारले भने यी आरोप अस्वीकार गरेका छन् । उनीहरूका अनुसार दोहोरिएका र अयोग्य मतदाताका नाम हटाउन पुनरावलोकन गरिएको हो । ‘ह्युमन राइट्स वाच’ले बिहीबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावली पुनरावलोकनसम्बन्धी आरोपले भारतमा आगामी निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । संस्थाकी एसिया निर्देशक इलेन पियर्सनले पुनरावलोकन प्रक्रिया तत्काल रोक्न आग्रह गर्दै यसले भारतका सीमान्तकृत समुदायलाई मताधिकार र अन्य सरकारी सेवा प्राप्त गर्ने अधिकारबाट वञ्चित गरेको बताएका छन् । मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) लाई चुनौती दिइरहेका विपक्षी दल र ‘कक्रोच जनता पार्टी’का समर्थकहरूले पछिल्ला केही सातादेखि कुमारको राजीनामालाई प्रमुख माग बनाउँदै आएका छन् । मोदीले प्रदर्शनबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । उनका दलका केही नेताले भने प्रदर्शनकारीलाई ‘अराजकतावादी’ भन्दै उनीहरूलाई विदेशी शक्तिको समर्थन रहेको आरोप लगाएका छन् । उनीहरूले आफ्नो आरोपको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख
Latest NewsJust now

मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख

भूमिसुधार विभाग अन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयहरूमा कार्यरत यदुनाथ आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ पैसा बराबर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कस... ...

नेपालखबर
न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति
Latest NewsJust now

न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति

नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ । ...

कान्तिपुर
इनम सापकोटासँग न्यायाधीशको कनेक्सन प्रकरणमा तथ्य सङ्कलन गर्न बारले बनायो समिति
Latest NewsJust now

इनम सापकोटासँग न्यायाधीशको कनेक्सन प्रकरणमा तथ्य सङ्कलन गर्न बारले बनायो समिति

काठमाडौँ । नेपाल बार एसोसिएसनले बिचौलिया इनम सापकोटासँग न्यायाधीश मुछिएको प्रकरणमा तथ्य सङ्कलन र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ। बार एसोसिएसनको सोमबार बसेको केन्द्रीय कार्यसमिति र... ...

रातोपाटी
९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा
Latest NewsJust now

९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती–पथलैया खण्डको बागमती–पथलैया सडकको स्तरोन्नतिको जिम्मा चिनियाँ र भारतीय कम्पनीले पाउने भएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले बागमती–पथलैया सडक खण्ड विस्तारका लागि चिनियाँ र भारतीय कम्पनी छनोट भएको जानकारी दिएको हो। ५३ किलोमिटर सडक खण्डलाई दुई... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play