चितवन। भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई न्यानो कपडा, स्टेसनरी र खेलकुद सामग्री वितरण गरिएको छ। चितवनको भरतपुरका व्यवसायी एवं समाजसेवी विनोद ढकालको सक्रियतामा विद्यार्थीलाई आवश्यक सामग्री सहयोग गरिएको हो। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बासिन्दाको उद्धार तथा राहतमा खटिएका ढकालले स्थानीयको आग्रहमा विद्यालयका विद्यार्थीलाई सहयोग गरेको बताए। बाढी प्रभावितको दुःख नजिकबाट बुझेका कारण आफूले सक्दो सहयोग गरेको ढकालले बताए। उनले यसअघि दसैँमा चितवनको कालिका नगरपालिकास्थित चेपाङ बस्ती र भरतपुरका विपन्न बस्तीमा खाद्यान्न वितरण गरेको जानकारी दिए। यसैगरी, माडीका पाँच अतिविपन्न परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले बाख्राका पाठा वितरण गरिएको पनि ढकालले बताए।
बाढी प्रभावित विद्यार्थीलाई सहयोग

Read Complete Original Article
Published originally on नेपालन्युज






