Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीले पुल बगाएपछि धार्चेका बासिन्दा १५ दिनदेखि सास्तीमा

बाढीले पुल बगाएपछि धार्चेका बासिन्दा १५ दिनदेखि सास्तीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले पुल बगाएपछि धार्चेका बासिन्दा १५ दिनदेखि सास्तीमा

गोरखा । असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका-२ केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित भएको छ । पुल बगाएको १५ दिन हुन लाग्दासमेत पुनर्निर्माण नहुँदा स्थानीयले आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती खेपिरहेका छन् । बाढीले धार्चे गाउँपालिका-२ को मुख्य आवागमन मार्गका रूपमा रहेको पुल बगाएपछि वडा र आसपासका बस्तीको अन्य क्षेत्रसँगको सम्पर्क प्रभावित भएको हो । स्थानीयकाअनुसार खोर्लाबेंसीमा रहेको अर्को पुलसमेत बाढीले बगाएको छ । माथिल्लो क्षेत्रमा रहेको लुचेकको पुलबाट पैदल आवतजावत गर्न सकिए पनि त्यो सहज छैन । पुल नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ओसारपसार गर्न समस्या भएको छ । विशेषगरी खच्चडमार्फत सामान ढुवानी गर्न नसक्दा स्थानीयको जनजीवन थप कष्टकर बनेको छ । प्रभावित क्षेत्रमा राहत सामग्री ड्रोनमार्फत पुर्‍याउन थालिएको भन्ने जानकारी आएको र त्यससम्बन्धी दृश्यसमेत सार्वजनिक भएको स्थानीयले बताएका छन् । स्थानीयकाअनुसार पुल सञ्चालनमा नआएसम्म केरौँजा र रुन्जितका बासिन्दाले सहज रूपमा आवतजावत गर्न तथा आवश्यक सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन । मुख्य आवागमन मार्ग नै अवरुद्ध हुँदा स्थानीयलाई दैनिक कामकाजदेखि अत्यावश्यक सेवासम्म पहुँचमा कठिनाइ भइरहेको छ । स्थानीयले प्रभावित बस्तीको जनजीवन सहज बनाउन सरकारले तत्काल झोलुङ्गे पुल पुनर्निर्माण गर्नुपर्ने माग गरेका छन् । बाढीले क्षति पुर्‍याएको पुल छिटो निर्माण गरी धार्चे गाउँपालिका-२ का बासिन्दाको आवागमन र सामान ढुवानी सहज बनाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
ताजा खबरJust now

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका... ...

रातोपाटी
सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य

लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुञ्जिन लागेको छ। सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्र... ...

नेपालखबर
जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ
ताजा खबरJust now

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ

काठमाडौँ । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको... ...

रातोपाटी
वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह
ताजा खबरJust now

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play