बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात, चिसो बढ्यो

बाजुरा । लगातारको वर्षासँगै बाजुराका उच्च लेकाली तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाका नौवटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी, सुर्के पाटन, सिन्तवा पाटन, बूढीनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख र घोडीलेक लगायतका उच्च क्षेत्रमा हिमपात भएको हो। बिहीबारदेखि लगातार वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएपछि स्थानीयको दैनिक जनजीवन कष्टकर बनेको छ। वर्षा र हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ। तस्विर: गाेविन्द्र राज तिमिल्सेना/नेपाल न्यूज बैंक
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु
हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु गरिएको छ । जलाशयमा पानीको सतह १५२८.५०मिटर पुगेकोले प्रथम चरणको चेतावनी साइरन बजाउन लागिएको हो । नेपाल विद्युत् प्राधिकरण... ...

बारामा प्रहरीले गोली चलाएको घटनाबारे प्रशासनद्वारा छानबिन सुरु
घटनामा कुन प्रहरीले कसको आदेशमा गोली चलायो भन्ने विषय गम्भीर भएकाले अनुसन्धान थालेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। ...

कीर्तिपुर मैदानको फ्लड लाइटमा समस्या
काठमाडाैं । नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका समर्थक। निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेपछि समर्थकहरू हिलो छल्दै प्यारापिटसम्म पुगिरहेका छन्। कीर्तिपुर मैदानको फ्लड लाइटमा समस्या देखिएको छ। एनपीएल अन्तरगत अहिले हुने भनिएको सुदूरपश्चिम र विराटनगरकाे खेल खराब प्रकाशका कारण प्रभावितकाे सम्भावना छ। ...

सुरक्षित बस्ती र नदी संरक्षणका लागि सहरी विकासको प्राथमिकता बनाउन आवश्यक
नेपालमा सहरीकरण तीव्र भएपनि त्यसलाई व्यवस्थित गर्ने योजना र कार्यान्वयन कमजोर देखिन्छ । ...


