Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बागलुङमा भाडाको कोठामा बस्ने प्रहरीलाई आफ्नै आवास, बने चार नयाँ भवन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङमा भाडाको कोठामा बस्ने प्रहरीलाई आफ्नै आवास, बने चार नयाँ भवन
Photo / Coverage: पर्दाफास

जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन । जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चार वटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ । नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो । ‘जिल्ला सदरमुकामकै प्रहरी कार्यालयका प्रहरी भाडाको कोठामा बस्नुपर्ने अवस्था थियो, एउटै भवनबाट प्रशासनिक कामदेखि हिरासतकक्ष र हातहतियार भण्डारणसम्मको काम गर्नुपर्ने बाध्यता थियो, उनले भने, अहिले व्यारेक, हिरासतकक्ष, प्रहरी आवास र कार्यालय प्रमुखको निवास गरी चार वटा सुविधासम्पन्न भवन निर्माण भएका छन् ।’ संघीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत रु नौ करोड ७१ लाख ९३ हजार ५०० लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासतकक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ । पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरण गरिएको छ । नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष तथा प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनमा १४० जना प्रहरी बस्न सक्ने क्षमता छ । त्यस्तै, प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासतकक्ष निर्माण गरिएको छ । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाटकक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासतकक्ष, अन्तरवार्ताकक्ष र हातहतियार भण्डारणकक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको हिरासतकक्ष निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा सहज भएको छ । प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुईवटा आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको प्रहरीको भनाइ छ । सुरक्षित र सुविधासम्पन्न वातावरणमा बस्न पाउँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयको भौतिक अवस्था सुधार भए पनि जिल्लाका अन्य प्रहरी चौकीको अवस्था भने अझै कमजोर छ । जिल्लाभरका १५ वटा प्रहरी चौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् । प्रहरी उपरीक्षक प्रसाईँका अनुसार जिल्लाका आठ वटा प्रहरी चौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सात वटा चौकीमा भवन निर्माण हुन सकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकीका भवन अभावमा चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेका छन् । उक्त चौकीका लागि भने हाल भवन निर्माणको शिलान्यास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

पर्दाफास
विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध
OthersJust now

विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । विवरणअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा ...

पर्दाफास
जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा
OthersJust now

जनताका पीडा सुन्न घरदैलोमा सांसद बुढा

६ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदेका गाउँबस्तीमा चार दिन बिताएर सदरमुकाम फर्किएका प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा यसपटक जनताका समस्या र पीडाले भावुक बनेका छन् । कतै प्राकृतिक विपत्तिले उजाडिएका परिवारका आँसु, कतै विकासको प्रतीक्षामा रहेका बस्तीका अपेक्षा त कतै नागरिकले देखाएको आत्मीयताले उनको चारदिने यात्रा भावुक र अर्थपूर्ण बनेको छ । जुनीचाँदे गाउँपालिका–५ को डोग्रा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play