बागलुङका २० हजार ३४८ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

बागलुङ । बागलुङ जिल्लामा २० हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । जिल्लाका १० स्थानीय तहका कुल २० हजार ३४८ बालबालिकालाई यही कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरिने भएको हो । प्रत्येक वडामा स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । हरेक वर्षमा दुई पटक भिटामि ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहने गरेको र कात्तिकको पहिलो हप्ता खुवाउने कार्यतालिका रहने गरेकोमा यसपटक दशैँको कारण पछि सरेको प्रमुख शर्माले जानकारी दिनुभयो । भिटामिन ए छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । जुकाको औषधि भने १८ हजार चार सय २२ बालबालिकालाई खुवाईने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । “बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषणको महत्त्वपूर्ण भूमिका रहन्छ ,भिटामिन ‘ए’ खुवाउन आवश्यक छ, बालबालिकालाई पोषणको कमीबाट जोगाउन तथा उनीहरूको स्वास्थ्य र विकासमा सहयोग पुर्याउन यो कार्यक्रम सञ्चालन गर्ने गरिनछ” शर्माले भन्नुभयो । जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा धेरै ३ हजार ७६५ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ । त्यस्तै, ढोरपाटन नगरपालिकामा ३ हजार ३५७, बडिगाड गाउँपालिकामा २ हजार ७१६, निसीखोला गाउँपालिकामा २ हजार ३६१, गलकोट नगरपालिकामा २ हजार २२२ र जैमिनी नगरपालिकामा १ हजार ९२९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको छ । यसैगरी, काठेखोला गाउँपालिकामा १ हजार ५७३, तमानखोला गाउँपालिकामा ८६८, बरेङ गाउँपालिकामा ८०१ र ताराखोला गाउँपालिकामा ७५६ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १ई समाचार’मा प्रस्तुत गरेका छौँ– कालोपत्रे सडक विस्थापित गर्ने सरकारी नीति सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग... ...

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौँ, कात्तिक ११ गते । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ प... ...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
काठमाडौँ, कात्तिक ११ गते । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।विसं २०७९ वैशाख १६ गते... ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली (तनहुँ), कात्तिक ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानी... ...


