बागलुङका विपद् संकटग्रस्त क्षेत्रलाई संघीय सरकारको दुई करोड राहत

बागलुङ । बाढी पहिरोका कारण विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका बागलुङका स्थानीय तहलाई संघीय सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले पहिलो चरणमा उक्त रकम उपलब्ध गराएको हो । गत असोज ९ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकामा ठूलो मानवीय र भोतिक क्षति पु¥याएको थियो । सरकारले उक्त छ स्थानीय तह तथा वडाहरुलाई ‘विपद् संटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । विपद् संकटग्रस्त घोषणापछि जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा दुई करोड रुपैयाँ राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उक्त रकम संकटग्रस्त घोषणा गरिएको पालिकाको खातामा पठाइने छ । पालिकाले विपद्पछि तत्कालै गर्नुपर्ने सडक पुनः सञ्चालन, खानेपानी मर्मत, विद्यालयमा पठनपाठको वातावरण बनाउने लगायतमा खर्च गर्न सक्ने प्रजिअ आचार्यले बताउनुभयो । ‘विपद्पछि तत्कालै सम्पादन गर्नुपर्ने काममा पालिकामा रकम अभाव नहोस् भनेर आएको हो, निजी आवास पुनर्निर्माण, विद्यालय भवन निर्माण तथा सडक निर्माणका लागि आगमी दिनमा थप बजेट आउने छ । हाल प्राप्त भएको बजेट खानेपानी, शिक्षा, सडक जस्ता तत्कालै गर्नुपर्ने मर्मतलगायतका काममा खर्च गर्र्न सकिने छ,’ उहाँले भन्नुभयो । अनुदानको रकमबाट विद्युत् सञ्चालनका लागि नहर मर्मत, खानेपानीको पाइप मर्मत, अवरुद्ध सडक खुलाउन र घरको छाना उडाएकालाई तत्कालै ओत लाग्ने व्यवस्था गर्न पालिकालाई भनिएको छ । जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिका सबै वडा र निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकालाई रु ४० लाखका दरले र आंशिक रुपमा घोषणा गरिएको निसीखोला र तमानखोलालाई रु २० लाख बराबरको बजेट प्राप्त भएको छ । गत असोज ११ गतेको बाढी पहिरोमा परी बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा निसीखोला र तमानखोला गाउँपालिकाका पाँच÷पाँच जना र ताराखोला गाउँपालिकाका तीन जना रहेका छन् । यस्तै बडिगाड गाउँपालिकामा हावाहुरीका कारण सयौ घरको छाना उडाएको थियो भने गलकोट र ढोरपाटनमा सडक, विद्यालय र निजी आवासमा क्षति पुगेको थियो । सरकारले यी क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब प्रभावित क्षेत्रमा पुनरुत्थान, राहत वितरण र भौतिक संरचना पुनर्निर्माणको कामले गति लिने बागलुङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


