बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ

बाइनान्समार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनील कुमार यादव रहेका छन्। नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने क्रममा अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। कार्यालयबाट खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषण गर्दा यादवको बाइनान्स आईडी मार्फत १ करोड ६९ लाखभन्दा बढी यूएसडीटी कारोबार भएको फेला पारेको जनाएको छ। प्रहरीका अनुसार उक्त कारोबार नेपाली रुपैयाँमा दुई अर्बभन्दा बढी बराबरको छ। यादवलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्ने वा सट्टेबाजी गर्ने) तथा सोही संहिताको दफा २६२ (क) अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। The post बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपालमा एआईको भविष्य र सम्भावनाबारे बहस गर्न कात्तिक २१ गते राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकाससँगै नेपालले यसबाट कसरी लाभ लिन सक्छ भन्ने विषयमा छलफल गर्न काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ । आगामी कात्तिक २१ गते हुने सम्मेलनमा एआई प्रविधिको सम्भावना, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति उत्पादन र नीतिगत व्यवस्थाबारे विज्ञहरूले विचार आदानप्रदान गर्नेछन् ।डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘नेसनल एआई समिट २०२६’ को ...

माउस चलाउने झन्झट छोड्नुहोस्, यी सर्टकटले बनाउँछन् काम सजिलो
काठमाडौं । कम्प्युटर तथा ल्यापटपमा काम गर्दा एउटै कामका लागि पटक–पटक माउस प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । तर केही उपयोगी किबोर्ड सर्टकटबारे जानकारी भए माउसको प्रयोग कम गर्दै कामलाई छिटो र सहज बनाउन सकिन्छ ।विशेष गरी दैनिक रूपमा कम्प्युटरमा काम गर्नेहरूका लागि यस्ता सर्टकट निकै उपयोगी हुन्छन् । यहाँ विन्डोज कम्प्युटरमा प्रयोग गर्न सकिने ८ वटा उपयोगी किबोर्ड सर्टकटबारे जानकारी ...

विश्वकै सबैभन्दा ठूलो क्रिप्टो चोरीमा ६.३ अर्ब डलर गुमाएपछि बाइनान्सले रोक्का गर्यो सम्पत्ति
विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट ह्याकरहरूले ६.३ अर्ब डलर बराबरको सम्पत्ति चोरी गरेका छन्। विश्लेषकहरूका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो ह्याक हो। यस घटनाले डिजिटल सम्पत्तिमा लगानी गर्दा हुने जोखिमबारे लगानीकर्तालाई पुनर्विचार गर्न बाध्य पार्न सक्छ। अमेरिकाका ब्लकचेन विश्लेषण गर्ने कम्पनीहरू टीआरएम ल्याब्स र चेनालाइसिसका अनुसार उक्त आक्रमण उत्तर कोरियाका ह्याकरहरूले गरेका हुन्। टीआरएम ल्याब्सले जारी गरेको विज्ञप्तिअनुसार आक्रमणकारीहरूले १० वटा ...

एआईकै कारण संकटमा गुगल, एकैदिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुम्यो
काठमाडौं । प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रतिस्पर्धा तीव्र बन्दै जाँदा गुगलको मूल कम्पनी अल्फाबेट आर्थिक दबाबमा परेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ताको विश्वास कमजोर हुँदा बिहीबार अल्फाबेटको बजार मूल्य एकैदिन ५०० अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको छ ।कम्पनीको सेयर मूल्य पछिल्लो ६ महिनायताकै न्यून बिन्दुमा झरेपछि यो गिरावट आएको हो । विशेष गरी गुगलको ...


