Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बाइक नहुने युवालाई स्वरोजगार बनाउँदै आरवाईडी नेपाल, भाडाबाटै कमाइदेखि मालिक बन्ने अवसरसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाइक नहुने युवालाई स्वरोजगार बनाउँदै आरवाईडी नेपाल, भाडाबाटै कमाइदेखि मालिक बन्ने अवसरसम्म
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । आफ्नै मोटरसाइकल नहुँदा राइड सेयरिङ तथा डेलिभरी सेवामा काम गर्न चाहेर पनि अवसरबाट वञ्चित भइरहेका युवालाई लक्षित गर्दै आरवाईडी नेपालले बाइक भाडा सेवा सञ्चालन गर्दै आएको छ । ठूलो रकम खर्च गरेर बाइक खरिद गर्न नसक्ने युवालाई न्यून भाडादरमा मोटरसाइकल उपलब्ध गराई स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले कम्पनीले सेवा विस्तार गरिरहेको हो । आरवाईडी नेपालले हिरो सुपर स्प्लेन्डर १२५ सीसीका नयाँ मोटरसाइकल दैनिक ८ सय रुपैयाँ भाडामा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार बाइक लिन बैंक ऋण, डाउन पेमेन्ट वा क्रेडिट जाँच आवश्यक पर्दैन । नागरिकता, सवारी चालक अनुमतिपत्र र एक जना साक्षीको नागरिकता उपलब्ध गराएर सेवा लिन सकिन्छ । बाइक भाडामा लिन सुरुमा ८ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था रहेको कम्पनीकी कन्टेन्ट क्रिएटर समीक्षा आचार्यले जानकारी दिइन् । कम्पनीले बाइक भाडामा लिने नयाँ राइडरलाई आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । राइडरलाई हेल्मेट, मोबाइल होल्डर, रेनकोट र १ हजार ५ सय रुपैयाँ बराबरको पेट्रोल स्वागत सुविधाका रूपमा दिइने आचार्यले बताइन् । मौसमका कारण राइडरको काम प्रभावित नहोस् भन्ने उद्देश्यले वर्षायाममा रेनकोट र चिसो मौसममा प्रयोग गर्न मिल्ने चेस्ट कभरसमेत उपलब्ध गराइएको उनको भनाइ छ । आरवाईडी नेपालको विशेषता बाइक भाडामा उपलब्ध गराउनुमा मात्र सीमित छैन । कम्पनीले लामो समयसम्म एउटै बाइक प्रयोग गर्ने राइडरलाई आफ्नै सवारीको मालिक बन्न सक्ने ‘रेन्ट टु वन’ योजना पनि अघि सारेको छ । उक्त योजनाअन्तर्गत १८ महिनासम्म भाडा भुक्तानी गरेपछि बाइक राइडरकै नाममा हस्तान्तरण गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । आरवाईडी नेपालका सञ्चालक सदस्य प्रतिभ आचार्यका अनुसार यो योजनामा हालसम्म ६–७ जना राइडर आबद्ध भइसकेका छन् । लामो समयसम्म एउटै बाइक प्रयोग गर्ने राइडरलाई त्यसको स्वामित्व हस्तान्तरण गर्ने कम्पनीको योजना रहेको उनले बताए । आरवाईडी नेपालले सुरुमा दुईवटा सेकेन्ड ह्यान्ड बाइकबाट व्यवसायको सम्भावना अध्ययन गरेको थियो । राइड सेयरिङ सेवामा आबद्ध चालकलाई बाइक खरिद गर्न ठूलो रकम आवश्यक पर्ने समस्या देखेपछि साथीहरूको समूह बनाएर व्यवसाय सुरु गरिएको आचार्य बताउँछन् । करिब चार महिनाको अध्ययनपछि व्यवस्थित रूपमा व्यवसाय अघि बढाइएको उनको भनाइ छ । सुरुवाती चरणमा ५० वटा हिरो सुपर स्प्लेन्डर बाइकबाट सेवा सुरु गरेको कम्पनीले अहिले आफ्नो क्षमता विस्तार गरेको छ । कम्पनीका अनुसार हाल १२० भन्दा बढी बाइक सञ्चालनमा छन् भने ५०० भन्दा बढी सक्रिय राइडर यस सेवामा आबद्ध छन् । कम्पनीले राइडरहरूको औसत मासिक आम्दानी ४५ हजार रुपैयाँ रहेको दाबी गरेको छ । राइडरले पठाओ, इनड्राइभ, याङ्गो तथा अन्य प्लेटफर्ममा काम गरेर मासिक ३० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने कम्पनीको भनाइ छ । यद्यपि वास्तविक आम्दानी काम गर्ने समय, यात्रुको माग, इन्धन खर्च र बाइक भाडालगायत सञ्चालन खर्चमा निर्भर रहनेछ । राइडरलाई थप प्रोत्साहन गर्न कम्पनीले रेफरल अफरसमेत सञ्चालन गरेको छ । आरवाईडी नेपालमा नयाँ राइडर आबद्ध गराउन सहयोग गर्ने पुराना राइडरलाई १ हजार ५ सय रुपैयाँ बराबरको पेट्रोल उपलब्ध गराउने व्यवस्था गरिएको आचार्यले जानकारी दिए । कम्पनीले राइडरलाई २४ सै घण्टा बाइक प्रयोग गर्न दिने व्यवस्था गरेको छ । तर, कम्पनीको सर्तअनुसार बाइक काठमाडौं उपत्यकाबाहिर लैजान भने पाइँदैन । बाइकको नियमित मर्मतसम्भार र प्राविधिक समस्या समाधानका लागि कम्पनीले आफ्नै एसटीआर ग्यारेजसमेत सञ्चालनमा ल्याएको छ । बैंक ऋण वा ठूलो रकम खर्च गरेर मोटरसाइकल खरिद गर्न नसक्ने युवाका लागि भाडामा बाइक लिएर आम्दानी सुरु गर्ने विकल्पका रूपमा आरवाईडी नेपालले आफ्नो सेवा अघि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै
Latest NewsJust now

कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन ...

कर्पोरट खबर
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
Latest NewsJust now

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी ...

नेपालन्युज
काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै
Latest NewsJust now

काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाण्डु जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी […] ...

काठमाण्डुपाटी
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
Latest NewsJust now

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा ४८ हजार ९७१ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिन आइतबार मात्रै करिब २० हजार दर्शकले अवलोकन गरेका हुन् । आधुनिक कृषि उपकरण, मेसिनरी तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान, कृषि उद्यमी, व्यवसायी, विद्यार्थी ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement