दाङ।दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ। सशस्त्र बल नेपालको शमशेरगञ्ज रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टिमबाट प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खटिएका विशेष टोलीले बाँधको ३० फिट पानी मुनि माटोमा गाडिएको अवस्थामा आज शव फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले जानकारी दिए। ६ जना साथीसँग नुहाउन गएका चौधरी बाँधमा डुबेको खबर पाउना साथ खोजी कार्यका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो।
बाँधमा बेपत्ता अनुपको शव निकालियो

Read Complete Original Article
Published originally on नेपालन्युज






