Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

बाँझो जमिनमा फूल फुलाउँदै पाल्पाका किसान, तिहारमा लाखौँ आम्दानीको आशा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँझो जमिनमा फूल फुलाउँदै पाल्पाका किसान, तिहारमा लाखौँ आम्दानीको आशा
Photo / Coverage: नेपालन्युज

पाल्पा। पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्। पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ। तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोइराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त छन्। उनहरु आमा छोरा हुन्। धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गरेका छन्। फार्ममा अहिले ढकमक्क फूल फुलेका छन्। चार रोपनी क्षेत्रफलमा लगाइएको टेनिस बल जातको फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, आम्दानीको नयाँ सम्भावना देखाएको छ। फूल खेतीबाट यस वर्ष करिब ६ लाख आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराज बताउँछन्। उनका अनुसार उत्पादनलाई पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पु¥याउने योजना छ। तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ। उपभोक्तालाई सहज होस् भनेर घरदैलोमा फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको उनको भनाइ छ। फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आएका छन्। आमा इन्दिराले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो। वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्तो जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको इन्दिराको भनाइ छ। उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल र माला पठाउने गरिएको उनको भनाइ छ। बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रष्ठले पनि फूल खेती गरेका छन्। बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन्। श्रेष्ठले आफ्नो बारीभरी फूल खेती गरेका छन्। चाडपर्व लागेसँगै उनको दैनिकी फूल खेतीमै व्यस्त हुने गरेको छ। जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट, रम्भालगायतका किसानले व्यवसायिक रूपमा फूल उत्पादन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्यानिटरी प्याड, डाइपर र न्याप्किन निर्यातबाट तीन महिनामै साढे १५ करोड आम्दानी
Latest NewsJust now

स्यानिटरी प्याड, डाइपर र न्याप्किन निर्यातबाट तीन महिनामै साढे १५ करोड आम्दानी

काठमाडौं । नेपालबाट स्यानिटरी प्याड, डाइपर तथा न्याप्किनको निर्यात बढ्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म नेपालले १५ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरका स्यानिटरी प्याड, डाइपर तथा न्याप्किन निर्यात गरेको छ । विभागको तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा बढी डाइपर निर्यात भएको छ । नेपालले ८ करोड ७७ लाख ७७ हजार रुपैयाँ बराबरको ...

केन्द्रबिन्दु
फैसला बुझ्नै वकिल खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे
Latest NewsJust now

फैसला बुझ्नै वकिल खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेले अदालतका फैसला सर्वसाधारणले सहजै बुझ्ने खालको हुनुपर्ने बताएका छन् । फैसला भइसकेपछि त्यसको अर्थ बुझ्नसमेत कानुन व्यवसायीकहाँ पुगेर थप... ...

रातोपाटी
रास्वपा सांसद चौलागाईंले मागे प्रस्तावित न्यायाधीश जनक पाण्डेसँग ससुरालीको जग्गाबारे स्पष्टीकरण
Latest NewsJust now

रास्वपा सांसद चौलागाईंले मागे प्रस्तावित न्यायाधीश जनक पाण्डेसँग ससुरालीको जग्गाबारे स्पष्टीकरण

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले विगतको न्यायिक फैसला र पारिवारिक जग्गा विवादबारे स्पष्टीकरण मागेका छन् । शनिबार... ...

रातोपाटी
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला
Latest NewsJust now

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन् । महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी कांग्रेसले आफ्ना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play