बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार सौरीमा आपसमा ठोक्किएका थिए। दुर्घटनामा शाही सवार कारमा रहेका ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाही सामान्य घाइते भएका छन्। उक्त कारका चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ। त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। दोस्रो कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग बिहान १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News
![धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]](https://hamrakura.com/uploads/news/images/bittar-park-08-07.jpg)
धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]
बिटार पार्क रामेछापको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । ...

अचानक चीन पुगे किम जोङ उन, दक्षिण कोरियाले राख्यो निगरानी
काठमाण्डु – उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन चीन पुगेका छन् । उनी चीन पुगेको खबर सार्वजनिक भएपछि दक्षिण कोरियाले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चिओङ वा देले शनिबार किमको चीन भ्रमणबारे प्रतिक्रिया दिँदै सम्बन्धित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको हो । केही दिनअघि किम जोङको मृत्यु भएको खबर […] ...

सुनसरीमा लागुऔषध बरामद प्रकरण : सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक भिडियो फैलाइएको दाबी
सुनसरी। सुनसरीमा लागुऔषधसहित मोटरसाइकल बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको दाबी गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका अनुसार लागुऔषध बरामद... ...

संरक्षणको पर्खाइमा टक्सार बजार
ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पखाईमा पुगेको छ। ...


