Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ । आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् । उनीहरू बाढीले निम्त्याएको क्षति सम्झिँदै निराश र पीडामा दिन बिताइरहेका छन् । बाढीले घरपरिवार र बसोबासको आधार नै बगाएपछि यहाँका नागरिकको जीवन अझै सहज बन्न सकेको छैन । घटनापछि विभिन्न निकायका अध्ययन तथा अनुगमन टोलीहरू दिनहुँ जसो प्रभावित क्षेत्रमा पुगिरहेका छन् । टोलीहरूले बाढीले पुर्‍याएको क्षति, भूगोलको अवस्था र जोखिमका विषयमा अध्ययन तथा निरीक्षण गरिरहेका छन् । यसैबीच प्रभावित क्षेत्रको अवस्था बुझ्न आउने मानिसहरूको आवागमन पनि जारी छ । नदी आसपासको जोखिमपूर्ण भूगोल र त्यहाँका मानिसहरूले गर्नुपरेको कठिन यात्रालाई देखाउने तुइन चढिरहेका मानिसहरूको दृश्यले यहाँको जनजीवनको अर्को पाटो उजागर गर्छ । बाढी गएको लामो समय बिते पनि भोटेकोशी किनारको दृश्यले विपद्को पीडा अझै ताजा रहेको देखाउँछ । बस्ती बगरमा परिणत भएको छ, तर त्यहाँका मानिसहरूको मनमा बसेको पीडा र गुमाएका घरपरिवारको सम्झना अझै उस्तै छ । नेपाल न्युज बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले अवरुद्ध मुस्ताङको विद्युत् सेवा सुचारु
Latest NewsJust now

हावाहुरीले अवरुद्ध मुस्ताङको विद्युत् सेवा सुचारु

मुस्ताङ समाचारदातामुस्ताङ, मङ्सिर १० गते । हावाहुरीका कारण मङ्गलबार बिहानदेखि अवरुद्ध मुस्ताङको विद्युत् सेवा मर्मतपछि सुचारु भएको छ । तीव्र गतिमा चलेको हावाहुरीले बेनी–जोमसोम–कोरल... ...

गोरखापत्र
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन: सञ्चारमन्त्री तिमिल्सिना
Latest NewsJust now

गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आज गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको ...

टक्सार
इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते
Latest NewsJust now

इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते

इजिप्टको राजधानी कायरोमा बुधबार राति तेल ट्यांकरमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ व्यक्ति घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इन्धन ट्यांकर सडकमा पल्टिएपछि आगलागी भएको थियो भने अन्य धेरै सवारीसाधन पनि जलेका छन्। तेल ट्यांकर अनियन्त्रित भएर पल्टिँदा ठुलो विस्फोट भयो र आगो फैलियो। जलिरहेका सवारीसाधनमा फसेका मानिसह... ...

नेपालखबर
आठ घण्टा काम गर्दा ठुला निर्माता हच्किने अक्षयको गुनासो
Latest NewsJust now

आठ घण्टा काम गर्दा ठुला निर्माता हच्किने अक्षयको गुनासो

मुम्बई । पहिली छोरी दुआको जन्मपछि दीपिका पादुकोणले आठ घण्टे कार्यतालिका मागेको चर्चा र त्यसै विषयको मतभेदका कारण निर्देशक सन्दीप रेड्डी वाङ्गाको प्रभास अभिनीत चलचित्र ‘स्पिरिट’ बाट बाहिरिएको घटनाले गत वर्ष... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement