काठमाडौँ । रणवीर कपुर अभिनीत बलिवुड फिल्म ‘रामायण’ ले प्रदर्शनको शानदार कमाई जारी राखेको छ । नोभेम्बर ५ मा प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा पहिलो चार दिनमा विश्वभरबाट पाँच सय करोड भन्दा बढी कमाई गरेको छ । फिल्मले चार दिनमा घरेलु बक्स अफिसमा २३८.८५ करोड कमाई गरेको छ भने भारत बाहिर २२२ करोड कमाई गरेको साकनिल्कले उल्लेख गरेको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा दोस्रो दिन ४८.५ करोड भारु, तेस्रो दिन ६९.८० करोड र चौथो दिन ५६.१५ करोड कमाएको छ । फिल्मले चार दिनभर विश्वभरबाट ५०७.२ करोड कमाई गरेको छ । मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुँदैछ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । फिल्मले दिपावलीको फाइदा उठाएर कमाई नबढेमा फिल्म बक्स अफिसमा फ्लप हुनसक्ने अड्कलबाजी शुरु भएको छ । पहिलो भागका लागि नै २ हजार करोड भन्दा बढी खर्च भएको भनिएको यो फिल्म फ्लप भएमा दोस्रो भाग बन्ने विषय अनिश्चित हुने समेत बताइएको छ । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सनी देओल, रवि दुबे, अनुपम खेरलगायत कलाकारको अभिनय रहेको छ । फिल्मले हाल प्रदर्शनरत रजनीकान्तको ‘जेलर २’ र आयुष्मान खुराना तथा सारा अली खान अभिनीत ‘उड्ता तीर’सँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको छ । ‘जेलर २’ ले विश्वभर ८०० करोड भारुभन्दा बढी कमाइसकेको समाचारमा उल्लेख छ । The post बलिवुड चलचित्र ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बलिवुड चलचित्र ‘रामायण’ ले चार दिनमा कमायो पाँच सय करोड

Read Complete Original Article
Published originally on कर्पोरट खबर



![शेरबहादुरलाई विश्वप्रकाशको जवाफ [भिडियो]](https://hamrakura.com/uploads/news/images/bishwaorakash-=-.jpg)


