बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ

काठमाडौं । अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ । मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ। पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन् । उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोली लागेर टाइगर घाइते नभए पनि बारुद र सिसाका टुक्राले उनको बायाँ हातमा चोट लागेको छ । गोलीबारीमा उनका चालक पनि घाइते भएका छन् । प्रहरीले घटनाको योजना र यसमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ । The post बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अमेरिकी आप्रवासी हिरासतमा १८औँ मेक्सिकन नागरिकको मृत्यु, मेक्सिकोद्वारा निन्दा
मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता आप्रवासी हिरासतमा १८ औँ मेक्सिकन नागरिकको मृत्यु भएपछि मेक्सिको सरकारले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेको छ । मेक्सिकोको... ...

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : अध्यक्ष गृहेन्द्र घिमिरे
कर्णाली याक्सका अध्यक्ष घिमिरेले सोमबार एक वक्तव्य जारी गर्दै आईसीसीको मान्यताले नेपाली क्रिकेटको समग्र विकास, विस्तार र घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । ...

पोखरा-जोमसोम हवाई सेवा स्थगित
मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो ...

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई कोकिन तस्करीमा साढे ५ वर्ष जेल सजाय सुनाइयो
न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय तोकेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका नेपाली विद्यार्थी २७ वर्षीय अनुराग मास्केलाई त्यहाँको पुनरावेदन अदालतले ५ वर्ष ७ महिना जेल सजाय कायम गरेको हो। कोकिन आयातसम्बन्धी मुद्दामा मास्केलाई गत वर्षको मार्चमा अकल्यान्ड जिल्ला अदालतले ... ...


