बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शनिबार दिउँसो गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको सीएचओ१सीएम ९४३७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । ठक्करपछि मिनिबस पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार नामथर तथा ठेगाना नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १५ जनाको विवरण र अवस्थाबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन । The post बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते

Read Complete Original Article
Published originally on कर्पोरट खबर


![काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/90561746433782471857103427242448426633052053n-14112026020458-watermarked.jpg)



