Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

बर्खास्त गरिएका आईजीपी दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पुनर्बहालीको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्खास्त गरिएका आईजीपी दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पुनर्बहालीको माग
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गर्नुभएको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ। उहाँले सरकारको निर्णय बदर गरी आफूलाई पूर्ववत् जिम्मेवारीमा पुनर्बहाली गर्न माग गर्नुभएको छ। कार्कीले सरकारको निर्णयविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो। तर, सर्वोच्च अदालत प्रशासनले निवेदनको कानुनी अवस्था अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता नगरेपछि त्यसको दर्ता हुने वा नहुने विषयमा शुक्रबार छलफल भएको थियो। सर्वोच्च अदालत प्रशासनले रिट निवेदन अध्ययनपछि कानुनी प्रक्रिया अघि बढाएको हो। कार्कीको रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने निश्चित भइसकेको छैन। सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। साथै, सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उहाँले बुधबारदेखि नै जिम्मेवारी सम्हालिसक्नुभएको छ। सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की कानुनी उपचारको मागसहित सर्वोच्च अदालत पुग्नुभएको हो। उहाँले आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै पुनर्बहालीको माग गर्नुभएको छ। सामान्यतया रिट निवेदन दर्ता भएपछि त्यसको भोलिपल्टदेखि सुनुवाइका लागि पेसी तोक्ने प्रचलन रहेको छ। तर, शनिबारदेखि कात्तिक २५ गते बुधबारसम्म तिहार बिदा परेकाले कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ भने अदालत खुलेपछि मात्रै हुने सम्भावना छ। अब सर्वोच्च अदालतमा पेसी तोकिएपछि सरकारको निर्णयको कानुनी वैधताबारे न्यायिक निरूपणको प्रक्रिया अघि बढ्नेछ। कार्कीको पुनर्बहालीसम्बन्धी मागमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिउँले ढाकिँदै न्यानला पास, माथिल्लो डोल्पावासीलाई आउजाउमा सास्ती
PoliticsJust now

हिउँले ढाकिँदै न्यानला पास, माथिल्लो डोल्पावासीलाई आउजाउमा सास्ती

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्बर ८ का वडाध्यक्ष निमा लामाले बताए ।  हिमपात भएपछि न्यानला ...

फरकधार
सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमान र पद्माका  प्रश्नैप्रश्न
PoliticsJust now

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमान र पद्माका प्रश्नैप्रश्न

काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइ जारी छ। संसदीय सुनुवाइ समितिमा शुक्रबार भएको सुनुवाइका क्रममा नेकपा र नेकपा एमालेका सांसदहरूले न्यायिक स्वतन्त्रता, न्यायपालिकाभित्रको भ्रष्टाचार, बिचौलियाको प्रभाव र मुद्दा फछ्र्यौटमा हुने ढिलाइबारे प्रश्न गरेका छन्। नेकपाका सांसद वर्षमान पुनले बागचन्दसँग न्यायिक स्वतन्त्रता र न्यायालयप्रतिको जनविश्वास कायम राख्ने विषयमा प्रश्न गरे। उनले […] ...

काठमाण्डुपाटी
नदी कटान क्षेत्रका स्थानीयसँग सभापति लामिछानेको संवाद
PoliticsJust now

नदी कटान क्षेत्रका स्थानीयसँग सभापति लामिछानेको संवाद

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनस्थित नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । शुक... ...

गोरखापत्र
कर्णालीलाई सुदूरपश्चिमको १७७ रनको लक्ष्य
PoliticsJust now

कर्णालीलाई सुदूरपश्चिमको १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध जितका लागि १७७ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार जारी खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा १७६ रन बनाउँदै कर्णालीसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको हो । यसअघि टस जितेको कर्णालीका कप्तान सोमपाल कामीले सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।  सुदूरपश्चिमका लागि सैफ जैब र विनोद भण्डारीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play