सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । उनले बर्खास्तीको निर्णय पुनर्विचार गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका हुन्। गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्को कार्यालय पुगेको उनको निवेदनमाथि अब सरकारले निर्णय गर्नेछ। मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय कायम राखेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ। प्रचलित प्रक्रियाअनुसार मन्त्रिपरिषद्मा पुनरावेदन नगरी तत्काल अदालत जान नमिल्ने भएकाले उनले पहिले सरकारकै निर्णयविरुद्ध प्रशासनिक प्रक्रियाबाट चुनौती दिएको स्रोतको भनाइ छ। सरकारले संवेदनशील तथा गम्भीर प्रकृतिका सूचना चुहाएको आरोपमा गत असोज २३ गते दाहाललाई बर्खास्त गरेको थियो। बिचौलियाको आरोप लागेका इनम सापकोटासँग उनको सम्बन्ध देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि लगाइएको थियो। The post बर्खास्त एआईजी वंशीराज दाहालले दिए पुनरावेदन निवेदन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बर्खास्त एआईजी वंशीराज दाहालले दिए पुनरावेदन निवेदन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






