काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब रोमासँग २–२ को बराबरी खेलेको छ । बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीका इलिया जाबार्नी र ओस्माने डेम्बेलेले गोल गरे । रोमाका मारियो हर्मोसो र डोनेल मालेनले गेल गरे । खेलको पाँचौँ मिनेटमै हर्मोसोको गोलमार्फत रोमाले अग्रता लिएको थियो । ३१औँ मिनेटमा जाबार्नीले फ्रेन्च क्लब पीएसजीलाई बराबरीमा ल्याए । डेम्बेलेले ६२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा पीएसजी २–१ ले अगाडि बढ्यो । ७८औँ मिनेटमा मालेनले पेनाल्टीमै गोल गर्दै पीएसजीबाट अंक खोसे । जारी सिजनमा पीएसजीले पहिलोपटक अंक बाँडेको हो । टोलीले अघिल्ला चार खेलमा जित निकालेको थियो । यो नतिजासँगै पाँच खेलबाट १३ अंक जोडेको पीएसजी दोस्रो स्थानमा छ । रोमा समान खेलबाट पाँच अंकका साथ २५औँ स्थानमा छ ।
बराबरीमा रोकियो पीएसजी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






