काठमाडौं।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलडाँडामा बिहीबार दुई बस एकआपसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्। धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस ठोक्किएका हुन्। दुर्घटनामा घाइते भएका २१ जनाको बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
बनेपामा दुई बसको ठक्कर, २५ जना घाइते

Read Complete Original Article
Published originally on नेपालन्युज






