Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
Photo / Coverage: पर्दाफास

बझाङको केदारस्युँ गाउँपालिका-७, भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप बिहान करिब ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा केदारस्युँ गाउँपालिका-७, काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता धामी र सोही स्थानका ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा केदारस्युँ गाउँपालिका-७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी रहेका छन्। त्यसैगरी, दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही स्थानका ४२ वर्षीय रामकुमार धामी पनि दुर्घटनामा घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जिपमा सवार यात्रुहरूको विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारण तथा अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
OthersJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, ...

पर्दाफास
सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण
OthersJust now

सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण

१८ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६.६२ अंक बढेको सेयर बजार बुधबार जम्मा १.४० अंक बढेको छ । यो सामान्य वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४३ करोडको भयो । आज ९८ कम्पनीको मूल्य बढ्यो भने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play