बजाजको चाडपर्व विशेष योजना सार्वजनिक

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नेपाली ग्राहकहरूका लागि नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको बहार, विगो मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले बजाज विगो खरिदमा ५० हजारको छुट प्राप्त गर्न सक्नेछन्। यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज विगो खरिद गर्ने ग्राहकहरूका लागि रु. ३० हजारसम्मको अतिरिक्त मूल्याङ्कन सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूको दीर्घकालीन विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै बजाज वोगोमा ६ वर्ष वा १,५०,००० किलोमिटरसम्मको वारेन्टी सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ। साथै, ग्राहकहरूको खरिद प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडलाई फाइनान्स पार्टनरका रूपमा प्रस्तुत गरिएको छ। सजिलो फाइनान्सका साथसाथै ३६ महिने (ईएमआई) सुविधाले ग्राहकलाई अझ सरल बनाएकोे पनि कम्पनीले जनाएको छ। नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्ग्रे मा आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर, लिथियम आयन (एलएफपी) ब्याट्री प्रविधि, आरामदायी यात्रा तथा कम सञ्चालन खर्च प्रमुख विशेषताहरू रहेका छन्। बजाज विगोले पूरा चार्जमा करिब १३० देखि १४० किलोमिटरको व्यावहारिक रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा इको तथा पावर राइडिङ मोड, रिजनरेटिभ ब्रेकिङ र हिल होल्ड असिस्टजस्ता आधुनिक प्रविधिहरू समावेश गरिएका छन्। यी सुविधाहरूले दैनिक व्यावसायिक प्रयोगका लागि सवारीसाधनलाई अझ व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउने कम्पनी दाबी गर्दछ। The post बजाजको चाडपर्व विशेष योजना सार्वजनिक appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

१०८ मेगापिक्सेल क्यामरा र ७,७०० एमएएच ब्याट्रीसहित अनर एक्स८ई ४जी सार्वजनिक
अनरले नयाँ स्मार्टफोन अनर एक्स८ई ४जी सार्वजनिक गरेको छ। यो फोन गत अगस्टमा सार्वजनिक भएको अनर एक्स७ई प्लस ४जीसँग लगभग समान छ। यस फोनको सबैभन्दा आकर्षक विशेषता १०८ मेगापिक्सेलको क्यामेरा हो। यो सुरुवाती मूल्य श्रेणीको स्मार्टफोन हो, जुन अनरको अजरबैजानस्थित वेबसाइटमा देखिएको छ। स्थानीय खुद्रा विक्रेताहरूले यसलाई ८२० अजरबैजानी मनातमा बिक्री गरिरहेका छन्। यो करिब ४८० अमेरिकी डलर बराबर हो। तुलनाका लागि ...

कात्तिक १४ गते ‘पल्सर आरपीएम’ पोखरामा आयोजना हुदैँ
मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र ...

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर आज मन्त्रालयमा आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक ...


