Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बङ्गलादेश सरकारले भन्यो- हसिना स्वदेश फर्किए हत्कडी लगाउँछाैं

Share:WhatsAppFacebookX (Twitter)Telegram
बङ्गलादेश सरकारले भन्यो- हसिना स्वदेश फर्किए हत्कडी लगाउँछाैं
Photo / Coverage: केन्द्रबिन्दु

ढाका । बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन् । कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे । उनले इच्छा र वास्तविकता फरक हुने भन्दै हसिना फर्किए हत्कडी लगाइने चेतावनी दिए । हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी)ले भारतसँगको सीमामा गस्ती बढाएको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि भारत गएकी हसिना त्यसयता त्यहीँ रहँदै आएकी छन् । उनको स्वदेश फर्कने घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ । सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानूनी कारबाही गरिने जानकारी दिएको छ । डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाइन्छ । -एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?
Latest NewsJust now

भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल नलिइने बताएका छन् । उनले उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै […] ...

लोकपथ
नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण
Latest NewsJust now

नेप्से परिसूचक १५ अंकले बढ्यो, बैंकिङ क्षेत्रमा लगानीकर्ताको आर्कषण

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसुमह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ । जसमध्ये सबैभन्दा धेरै बैंकिङ उपसमुह १.२४ प्रतिशतले बढेको छ । सोमबार नेप्सेमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको ...

टक्सार
कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग
Latest NewsJust now

कुप्रथा र जातीय विभेद प्रश्रय दिने चलचित्र रोक्न कानुनी व्यवस्थाको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिने गरी चलचित्र निर्माण हुन नदिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा,... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमणको मोरङ उद्योग व्यापार संघद्वारा स्वागत, बीआईएस र जुट उद्योगको समस्या समाधान गर्न आग्रह

विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले नेपालको व्यापार, पारवहन र लगानीका क्षेत्रमा बलियो जग बसालेको भन्दै स्वागत गरेको छ। संघका अध्यक्ष अनिल कुमार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement