Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्स अफिसमा फराकिलो दूरी, नयाँ चलचित्रलाई दर्शकको खडेरी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । बडादशैँ र तिहारको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये केहीले बक्स अफिसमा उत्साहजनक सुरुवात गरे पनि अधिकांशको व्यापार अपेक्षानुसार हुनसकेको छैन । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणानुसार प्रदर्शनरत नेपाली चलचित्रको कमाइमा ठूलो अन्तर देखिएको छ । एकातिर ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा अग्रस्थानमा रहँदा अर्कोतिर नयाँ चलचित्र ‘पाँच पाण्डव’को व्यापार ४३ लाख रुपैयाँमा सीमित भएको छ । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको १० दिनमा ४३ लाख ५० हजार रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ । चलचित्रले यस अवधिमा १२ हजार २९४ वटा टिकट बिक्री गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रको व्यापारले दर्शक आकर्षित गर्न नयाँ चलचित्रलाई अझै चुनौती रहेको संकेत गरेको छ । काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेसहितका कलाकारको अभिनय छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको चलचित्रमा पुरानो पुस्ताका स्थापित कलाकारदेखि नयाँ पुस्ताका परिचित अनुहारसम्मलाई एकसाथ प्रस्तुत गरिएको छ । यसैबीच, माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले सार्वजनिक तथ्यांक अनुसार १० करोड ३५ लाख ७८ हजार रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्रलाई तीन लाख ६४ हजारभन्दा बढी दर्शकले हेरेका छन् । लाहुरे जीवनलाई पेन्सन, प्रतिष्ठा र सुख-सुविधासँग मात्र जोडेर हेर्ने प्रचलित दृष्टिकोणभन्दा फरक यस चलचित्रले त्यससँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडालाई कथाको केन्द्रमा राखेको छ । चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगरलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुनुहुन्छ । बक्स अफिसको समग्र प्रतिस्पर्धामा भने ‘कबड्डी ५-आफ्टर द फाइनल म्याच’ले आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको पहिलो सातामै १० करोड रुपैयाँ कमाएको चलचित्रले दोस्रो सातासम्ममा १२ करोड ३९ लाख ९२ हजार २ सय ४५ रुपैयाँको व्यापार गरेको थियो । तेस्रो सातासम्म आइपुग्दा यसको कुल कमाइ १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ पुगेको छ । यद्यपि, तेस्रो सातामा चलचित्रको व्यापारमा उल्लेख्य गिरावट आएको छ । दोस्रो साताको तुलनामा तेस्रो सातामा यसले ५४ लाख २३ हजार १९२ रुपैयाँमात्रै थप कमाइ गरेको छ । पहिलो साताको आक्रामक व्यापारपछि दर्शकको चाप घट्दै गएको यस तथ्यांकले देखाउँछ । तर, समग्र कमाइका आधारमा ‘कबड्डी ५’ अझै अन्य नेपाली चलचित्रभन्दा निकै अगाडि छ । ‘कबड्डी ५’पछि सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा ‘पेन्सन पट्टा’ रहेको छ । त्यसपछि सिक्वेल चलचित्रहरूको क्रम आउँछ । सार्वजनिक तथ्यांक अनुसार ‘आ बाट आमा-२’ले ६ करोड ८१ लाख ६७ हजार रुपैयाँभन्दा बढी कमाएको छ भने ‘छ माया छपक्कै-२’ले तीन करोड ४३ लाख १७ हजार रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, ‘१२ गाउँ-२’को कमाइ दुई करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । यी चलचित्रको तुलनामा ‘पाँच पाण्डव’को व्यापार निकै कम देखिएको छ । अनेक विवाद र चुनौतीबीच प्रदर्शनमा आएको चलचित्रले हालसम्म ४३ लाख ५० हजार रुपैयाँभन्दा बढी कमाइ गरे पनि बक्स अफिसमा अपेक्षित प्रभाव पार्न सकेको छैन । उता, नेपाली चलचित्रको व्यापारसँगै बलिउड चलचित्र ‘रामायण’को कमाइले पनि चर्चा पाएको छ । प्रदर्शनको ११ दिनमा चलचित्रले विश्वव्यापी रूपमा १४ सय करोड रुपैयाँ कमाएको विवरण सार्वजनिक भएको छ । पहिलो सप्ताहन्तको तुलनामा दोस्रो सप्ताहन्तमा चलचित्रको व्यापार १८.९१ प्रतिशतले वृद्धि भएको बताइएको छ । समग्रमा हेर्दा नेपाली बक्स अफिसमा केही चलचित्रले करोडौंको व्यापार गरिरहँदा नयाँ चलचित्रले दर्शकको साथ पाउन संघर्ष गर्नुपरेको देखिन्छ । विशेषगरी पहिलो साताको उत्साहलाई पछिल्ला सातासम्म कायम राख्न नसक्नु नेपाली चलचित्र क्षेत्रका लागि चुनौती बनेको छ । चलचित्रको प्रचार, कथावस्तु, दर्शकको रुचि र प्रदर्शनको समयले बक्स अफिस नतिजामा कस्तो प्रभाव पार्छ भन्ने बहसलाई पछिल्लो व्यापार विवरणले थप सान्दर्भिक बनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामूहिक फूलखेतीले दिलाएको सफलता...
Latest NewsJust now

सामूहिक फूलखेतीले दिलाएको सफलता...

तनहुँ । तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान... ...

रातोपाटी
मासु बिक्री गर्न छाप अनिवार्य
Latest NewsJust now

मासु बिक्री गर्न छाप अनिवार्य

काठमाडौँ, मङ्सिर १ गते । जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ मङ्गलबार आजदेखि कार्यान्वयनमा आएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा य... ...

गोरखापत्र
अभिलेखमा विवरण नभएको कारण देखाएर मात्रै परिवार पुनर्मिलन रोक्न नमिल्ने सर्वोच्चको आदेश
Latest NewsJust now

अभिलेखमा विवरण नभएको कारण देखाएर मात्रै परिवार पुनर्मिलन रोक्न नमिल्ने सर्वोच्चको आदेश

काठमाडौं । वर्षौंदेखि आमाबुबाबाट टाढा रहँदै आएका झापाको बेलडाँगी शरणार्थी शिविरमा जन्मिएका तीन दाजुभाइ-दिदीबहिनीका लागि सर्वोच्च अदालतको एउटा आदेश आशाको नयाँ किरण बनेको छ । अमेरिकामा रहेका आमाबुबासँग पुनर्मिलनको प्रतीक्षामा रहनुभएका सोनिका अंकारी, सन्ध्या अंकारी र श्रीजन अंकारीले अब परिवारसँगै बस्न पाउने विश्वास गर्नुभएको छ । सर्वोच्च अदालतले उनीहरूलाई अमेरिकामा रहेका आमाबुबासँग पुनर्मिलनका लागि नेपालबाट बाहिरिने निकास अनुमति दिन सरकारका ...

हिमालय टाइम्स
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
Latest NewsJust now

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play