Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । तपाईंले रणबीर कपूर र साई पल्लवी अभिनित फिल्म ‘रामायण’ हेर्नुभयो रु यदि हेरिसक्नुभयो भने तपाईंलाई सबैभन्दा बढी कसको भूमिका मनपर्यो ? आफ्नो प्रतिक्रिया दिँदै गर्नुहोला, आज हामी रामायणले चलचित्र जगतमा मच्चाएको तहल्काको विषयमा चर्चा गर्नेछौं । बलिउडका चर्चित निर्देशक नितेश तिवारीको म्याग्नम ओपस चलचित्र ‘रामायण’ ले यतिबेला बलिउडमा मात्र नभई विश्वव्यापी रूपमै बक्स अफिसमा तहल्का मच्चाएको छ । हिन्दू धर्मग्रन्थको महाकाव्यमा आधारित यस चलचित्रले दर्शकहरूको मन मात्र जितेको छैन, कमाईको मामिलामा समेत पुराना रेकर्डहरू तोड्दै नयाँ इतिहास रचेको छ। गत नोभेम्बर ५ मा विश्वभरि ‘रामायण’ प्रदर्शनमा आएको हो । यो चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै बक्स अफिसमा आक्रामक व्यापारको सुरुवात गरेको थियो । चलचित्रले रिलिज भएको पहिलो दिन नै भारतमा मात्र करिब ६४।८५ करोड रुपैयाँको खुद कलेक्सन गर्दै उत्कृष्ट सुरुवात गर्न सफल भयो । सप्ताहन्त र त्यसपछिका दिनहरूमा पनि यसको क्रेजमा कुनै कमी आएको छैन । पछिल्लो विवरण अनुसार विश्वव्यापी बक्स अफिसमा १४ सय करोड भारतीय रुपैयाँ कमाइसकेको छ । विशेष गरी रणबीर कपूरको अघिल्लो सुपरहिट चलचित्र ‘एनिमल’ को रेकर्डलाई पछि पार्दै यसले आफ्नो दबदबा कायम राखेको छ। भारतका विभिन्न भाषामा (हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम) एकसाथ रिलिज भएको यस चलचित्रले हिन्दी संस्करणबाट सबैभन्दा धेरै करिब ७६ प्रतिशतभन्दा बढी व्यापार गरेको छ भने दक्षिण भारतका राज्यहरूमा पनि यसको भिजुअल र भव्यताले दर्शकको मन जित्न सफल भएको छ । चलचित्रमा अभिनेता रणबीर कपूरले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको भूमिका निभाएका छन्। जुन भूमिका फिल्मको केन्द्रमा रहेको छ । कन्नड सुपरस्टार यशले यस चलचित्रमा लंकापति रावणको शक्तिशाली र खरो खलनायकको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको भूमिकाको चर्चा दर्शकहरूले बढी गरेका छन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले अत्यन्तै शालीन अभिनयका साथ माता सीताको भूमिकालाई जीवन्त बनाएकी छन् । टेलिसिरियलमा अत्यन्त रुचाइएका रवि दुबेले भगवान श्रीरामका भाइ लक्ष्मणको भूमिका निभाएका छन् । उनले पनि लक्ष्मणको भूमिकालाई एक्सन र भावनात्मक दुवै पक्षबाट प्रभावकारी ढंगले प्रस्तुत गरेको फिल्ममा देख्न सकिन्छ । फिल्म दुनियाँमा ‘पाजी’ भनेर चिनिने सनी देओलले महाबली हनुमानको रूपमा विशेष क्यामियो भूमिकामार्फत चलचित्रमा बेग्लै ऊर्जा भर्न सफल भएको महसुस हुन्छ । यस चलचित्रमा अरुण गोविल ९राजा दशरथको रूपमा०, लारा दत्ता ९कैकेयी०, काजल अग्रवाल ९मन्दोदरी०, अनुपम खेर ९जटायुको आवाज०, रकुल प्रीत सिंह ९शूर्पणखा० र विवेक ओबेरोय ९विद्युतजिब्हा० जस्ता चर्चित कलाकारहरूले फिल्मलाई तारिफयोग्य बनाउन महत्वपूर्ण योगदान दिएका छन् । नायक भन्दा खलनायकको बढी तारिफ सामान्यतया फिल्ममा नायकको भूमिकालाई सकारात्मक रूपमा हेर्ने गरिन्छ र प्रशंसा पनि नायककै गरिन्छ । तर ‘रामायण’ फिल्ममा नायक भन्दा खलनायकको बढी तारिफ गरिरहेका छन् । चलचित्रमा दर्शकहरूले खलनायकको भूमिकामा देखिएका सुपरस्टार यश ९रावण० को तारिफ गरिरहेका छन् । नगरुन पनि कसरी, रावणको भूमिका निर्वाह गरेका यशले आफूलाई रावणकै चरित्रमा ढाल्न निकै मेहनत गरेका छन् । उनको अभिनयमा देखिएको क्रूरता, शक्ति, विद्वत्ताको प्रशंसा गरि साध्य छैन । धेरैले उनलाई चलचित्रको वास्तविक म्यान अफ द म्याच पनि भनेका छन् । रणबीर कपूरको शान्त स्वभावको ठीक विपरीत यशको आक्रामक अन्दाजलाई दर्शकले निकै मन पराएका हुन् । रामको भूमिका भगवान रामको भूमिकामा देखिएका रणबीर कपूरले पनि आफूलाई भगवान रामजस्तै निकै सन्तुलित र परिपक्व रूपमा प्रस्तुत गरेका छन् । रामायणका आदर्श, उनको आँखाको गम्भीरता र बोल्ने शैलीले दर्शकको मन जितेको छ । युद्ध मैदानको दृश्य होस् वा वनवासको पीडा, रणबीरले पात्रको मर्यादालाई पूर्ण रूपमा न्याय दिएका छन् । सीताको भूमिका माता सीताको रूपमा साई पल्लवीको कास्टिङ सुरुमा केही विवादित भए पनि जब फिल्म प्रदर्शनमा आयो तब उनको अनुहारको सौम्यता, भावभंगी र शालीन अभिनयले सबैलाई हेरेको हेरै बनायो । दर्शकहरूले उनलाई सीताको रूपमा पर्दामा हेर्दा एक प्रकारको दिव्य शान्ति महसुस भएको प्रतिक्रिया समेत दिएका छन्। लक्ष्मणको भूमिकामा देखिएका रवि दुबेको फुर्तिलो र साहसी योद्धाको रूपमा गरिएको अभिनयले दर्शकलाई हँसाउनुका साथै भावुक समेत बनाउँछ। त्यस्तै, फिल्मको उत्तरार्धतिर प्रवेश गर्ने सनी देओल ९हनुमान० को शक्तिशाली इन्ट्रीमा हलभित्र दर्शकहरूले सिट्ठी र ताली बजाएर स्वागत गरेका छन्। उनीहरूको यो जोडिप्रतिको क्रेज सोशल मिडियामा भाइरल भइरहेको छ। ‘रामायण’ निर्देशक नितेश तिवारीले सनातन संस्कृति र इतिहासलाई प्रविधिमार्फत विश्वसामु पुर्‍याउन जुन प्रयास गरेका छन्, त्यो सराहनीय छ र त्यसले आज सार्थकता पनि पाएको छ । ‘रामायण’ फिल्मको भाग दुई पनि बन्ने बताइएको छ । फिल्मको पहिलो भागको अन्त्य माता सीताको अपहरण र जटायुको अमर बलिदानसँगै सकिन्छ, जसले दर्शकहरूलाई यसको सिक्वेल ९भाग २० को लागि उत्सुक बनाएको छ। भागको सिक्वेलले दर्शकमा झनै उत्सुकता बढाएको छ र उत्सुकता मेटाउनका लागि भाग दुई पर्खनै पर्ने छ । The post बक्स अफिसमा ऐतिहासिक आँधी : नितेश तिवारीको चलचित्र ‘रामायण’ को लोभलाग्दो सफलता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोकर्णेश्वरमा यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने
Latest NewsJust now

गोकर्णेश्वरमा यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने

काठमाडौँ । बाल क्रिकेटको विकास र सानै उमेरदेखि प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले काठमाडौँको गोकर्णेश्वरमा राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मङ्सिर १ गतेदेखि... ...

रातोपाटी
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु
Latest NewsJust now

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु

मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए । दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर–१५ ...

केन्द्रबिन्दु
अस्पताल बनाउन १६७ रोपनी जग्गा दान दिएका स्थानीय अनशनमा
Latest NewsJust now

अस्पताल बनाउन १६७ रोपनी जग्गा दान दिएका स्थानीय अनशनमा

सरकारले जग्गा लिएर पनि अस्पताल निर्माणको काम अगाडि नबढाएको भन्दै ओखलढुङ्गाका स्थानीय बासिन्दा अनशनमा बसेका छन्।  ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ का अर्जुन कुमार गौतम, माधवप्रसाद ढुङ्गाना, लक्ष्मण भुजेल र शारदाप्रसाद गौतम अनशनमा बसेका हुन्। मेडिकल कलेजसहितको १५० शय्याको अस्पताल बनाउने भनेपछि स्थानीय बासिन्दाले २०७७ सालमा १६७ रोपनी जग्गा कोशी प्रदे... ...

नेपालखबर
रारा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
Latest NewsJust now

रारा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

मुगु। रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको साेमबार काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play