बकैया अटो दुर्घटना; श्रीमानको मृत्यु, श्रीमती र बालक घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुरमा अटोको ब्रेक फेल भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ह ०१०५ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा बकैया गाउँपालिका–५, भनौराका करिब ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ। दुर्घटनामा उनकी श्रीमती ४० वर्षीया शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का आठ वर्षीय सन्देश कुमार मुक्तान घाइते भएका छन्। दुर्घटनामा टाउको, अनुहार तथा हातखुट्टामा चोट लागेका सन्तबहादुरसहित तीनैजनालाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सन्तबहादुर र शान्तिमायालाई दिउँसो ३ः१५ बजे चितवनको भरतपुर रिफर गरिएको थियो।भरतपुर लैजाने क्रममा बाटोमै सन्तबहादुरको स्वास्थ्य अवस्था बिग्रिएपछि साँझ ५ः२० बजे उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमपछि आफन्तले बुझेको प्रहरीले जनाएको छ। हातखुट्टामा चोट लागेकी शान्तिमायाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने घाइते बालक सन्देशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न अटो चालक बकैया गाउँपालिका–४ का ५१ वर्षीय रामकाजी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
काठमाडौं।जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ...

अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत
भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाएको कूटनीतिक पहलले सफलता पाएको छ। अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने निर्णय गरेको छ। बिहीबार बसेको कोषको विशेष बोर्ड […] ...

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। ... ...

मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्
आगामी मंगरबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित हुन नपर्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई संकेत गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्। ‘आगामी... ...


