बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै,यी ४ दिन नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ। बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसमविद् रोजन लामिछानेले बताए। ‘बंगालको खाडीमा न्यून चापिय प्रणालीको विकास भइरहेको छ,’ मौसमविद् लामिछानेले भने, ‘आगामी बुधबारदेखि त्यो चक्रवातमा परिणत हुने देखिन्छ।’ उनले बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताए। ‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’ चारदिन चक्रवातको प्रभाव रहने भएकाले नेपालको पहाडी र हिमाली क्षेत्रमा पैदलयात्री र पर्यटकहरुले सावधानी अपनाउनु पर्ने सुझाव लामिछानले दिएका छन्। ‘यी चार दिन धानबाली भित्र्याउने तयारीमा रहेका किसान पनि सचेत बन्नुपर्ने देखिन्छ,’ लामिछानेले भने, ‘यी चार दिन धान नकाट्न र १५ गतेपछि मात्रै धान काट्ने योजना बनाउनु होला।’ उनले मौसम फेरबदल भइरहेको भएकाले महाशाखाबाट आवश्यक सूचना लिएर मात्रै काम र भ्रमणका योजना बनाउन पनि आग्रह गरे। तर, आइतबार, सोमबार र मंगलबार भने देशभर नै वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ। The post बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै,यी ४ दिन नेपालमा वर्षा र हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएल सिजन–३ यी चार कारणले बन्नेछ पहिलेभन्दा विशेष
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा... ...

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म
नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’ ...

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाअर्चना तथा प्रसाद ग्रहण
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गा देवीको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका हुन् । ...

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...


