बंगलादेशमा नेपाली पर्यटनको प्रवर्द्धन: १५ नेपाली पर्यटन कम्पनी सहभागी

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सुरु भएको बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर २०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । तीन दिनसम्म चल्ने मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक सम्पदा, पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । ‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ मूल नारासहित आयोजित मेलामा नेपाली पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने तथा दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेका छन् । यसअघि नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा अक्टोबर २८ मा ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी प्रस्तुति, सांस्कृतिक प्रदर्शनी तथा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो । नेपाल पर्यटन बोर्डले भौगोलिक निकटता र सांस्कृतिक समानतालाई उपयोग गर्दै बंगलादेशलाई नेपालको महत्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटनको गन्तव्यका रूपमा चिनाउने अभियानलाई बोर्डले प्राथमिकता दिएको छ । The post बंगलादेशमा नेपाली पर्यटनको प्रवर्द्धन: १५ नेपाली पर्यटन कम्पनी सहभागी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको उच्च अधिकृतहरूको आकस्मिक बैठकमा समसामयिक विषयमा करिब साढे ५ घण्टा छलफल भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो तहका अधिकारीहरूको बैठक साढे ५ घण्टासम्म चलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बैठकमा पछिल्लो शान्ति सुरक्षाको अवस्था, समसामयिक विषयवस्तु र सामाजिक सञ्जालमा ...

पाकिस्तानी मानव अधिकारकर्मीलाई १० वर्ष कैद
काठमाडौँ । पाकिस्तानी अदालतले बिहीबार दुई प्रमुख मानवअधिकार वकिलहरूलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत १० वर्ष कैदको सजाय सुनाएको छ । यो मुद्दालाई मानवअधिकार समूहहरूले निन्दा गरेका छन् । इमान जैनाब मजारी–हजिर र उनका पति... ...

गोरखाको फिलिममा आगलागी हुँदा एक घरमा क्षति
बिहीबार साँझ अचानक दुईतले चारकोठे घरमा आगलागी भएको प्रहरीले जनाएको छ । ...

प्रहरी चौकी नै असुरक्षित, त्रासमा प्रहरीको दिनचर्या
विनय कर्णकल्याणपुर (सप्तरी), कात्तिक १२ गते । सप्तरीको बलानबिहुल गाउँपालिका –५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ । खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्द... ...

