Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्लाईदुबई नियमित उडानको एक महिना: अबको खाँचो पोखरा–दुबई यात्रा प्रवर्द्धन

फ्लाईदुबई नियमित उडानको एक महिना: अबको खाँचो पोखरा–दुबई यात्रा प्रवर्द्धन

10/24/2026, 7:51:06 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्लाईदुबई नियमित उडानको एक महिना: अबको खाँचो पोखरा–दुबई यात्रा प्रवर्द्धन

आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक पक्ष हो। अब पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउँदै जाने र आउने तथा जाने यात्रुको सङ्ख्यालाई सकेसम्म सन्तुलित बनाउन पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ। __धनराज आचार्य, मेयर, पोखरा महानगरपालिका___ अक्टोबर २३, २०२६ (विक्रम संवत् अनुसार ६ कात्तिक, २०८३), पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित उडान सुरु भएको एक महिना पूरा भएको छ। यो ऐतिहासिक हवाई सम्पर्कलाई सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरी उडान निरन्तर रहने सुनिश्चित गरिदिनुभएकोमा फ्लाईदुबईको व्यवस्थापन टोलीप्रति पोखराका सम्पूर्ण नागरिकको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। २३ सेप्टेम्बरदेखि २३ अक्टोबर २०२६ सम्म ३० उडानमार्फत दुबईबाट पोखरामा ४,५२१ जना र पोखराबाट दुबईमा १,८४१ जना गरी कुल ६,३६२ यात्रुले यात्रा गर्नुभएको छ। पहिलो महिनाको यो उपलब्धि उत्साहजनक छ। तर यस अवधिको औसत हेर्दा, प्रत्येक उडानमा दुबईबाट पोखरा आउने यात्रु करिब १५० जना र पोखराबाट दुबई जाने यात्रु करिब ६० जना हुनुहुन्छ, भने प्रति उडान औसत १०६ जना रहेको छ। आउने यात्रुको सङ्ख्या राम्रो हुनु सकारात्मक पक्ष हो। अब पोखराबाट जाने यात्रुको सङ्ख्या बढाउँदै जाने र आउने तथा जाने यात्रुको सङ्ख्यालाई सकेसम्म सन्तुलित बनाउनेतर्फ हामी सबैले विशेष ध्यान दिन जरुरी छ। यसका लागि पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ। व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमण सम्भव भएसम्म पोखराबाटै सुरु गर्ने, र दुबई तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाटै भ्रमण प्याकेज सञ्चालन गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। फ्लाईदुबई तथा यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यसम्म यात्रा गर्न सकिने सुविधा छ। दुबईलाई मात्र गन्तव्य नबनाई, त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा पाहुनाहरूमा हार्दिक अनुरोध गर्दछु। पोखरा–दुबई नियमित उडान सुरु हुनु एउटा महत्त्वपूर्ण उपलब्धि हो। तर यसलाई निरन्तरता दिनु र यो हवाई मार्गलाई सफल तथा दिगो बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। यात्रु सङ्ख्या बढाउन सकेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढ्नुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्नेछ। आउनुहोस्, पोखरा–दुबई नियमित उडानलाई सफल बनाउन सबैले हातेमालो गरौँ। सम्भव भएसम्म पोखराबाटै यात्रा गरौँ, पोखराबाटै अन्तर्राष्ट्रिय भ्रमण प्याकेज सञ्चालन गरौँ, र यस अवसरलाई पोखरा तथा गण्डकी प्रदेशको समृद्धिसँग जोडौँ। यस महत्त्वपूर्ण हवाई सम्पर्कलाई निरन्तरता दिन प्रतिबद्ध फ्लाईदुबईको व्यवस्थापन टोली तथा पहिलो महिनाको उडान सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यात्रु, पर्यटन व्यवसायी, निजी क्षेत्र र सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु। (मेयर आचार्यले सार्वजनिक रुपमा व्यक्त गरेको विचारको संवादित अंश)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै, अभाव चर्किन सक्ने चेतावनी
ताजा खबरJust now

युरोप न्यून ग्यास भण्डारसहित जाडोमा प्रवेश गर्दै, अभाव चर्किन सक्ने चेतावनी

बर्लिन । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले युरोप ऐतिहासिक रूपमा न्यून प्राकृतिक ग्यास भण्डारसहित जाडोयाममा प्रवेश गरिरहेको भन्दै थप आपूर्ति अवरोध थेग्न कठिन हुने चेतावनी दिएका छन्... ...

रातोपाटी
ध्यान र योगले बदलिँदै छ कैदीबन्दीको जीवनशैली
ताजा खबरJust now

ध्यान र योगले बदलिँदै छ कैदीबन्दीको जीवनशैली

शशिधर पराजुली विराटनगर, कात्तिक ७ गते । पटक पटक कैदीबन्दीको आन्दोलन, उनीहरुमाथि हुने आर्थिक शोषण, डर त्रासको वातावरणका कारण चर्चामा रहनेगरेको मोरङ कारागारमा रहेका कैदीबन्दीको जीवनश... ...

गोरखापत्र
व्यक्तिगत क्यान्सर खोपको परीक्षण सफल, घट्यो रोग दोहोरिने जोखिम
ताजा खबरJust now

व्यक्तिगत क्यान्सर खोपको परीक्षण सफल, घट्यो रोग दोहोरिने जोखिम

काठमाडौं । व्यक्तिगत रूपमा तयार पारिएको नयाँ क्यान्सर खोपलाई इम्युनोथेरापी औषधिसँगै प्रयोग गर्दा क्यान्सर दोहोरिने वा त्यसबाट मृत्यु हुने जोखिम ४२ प्रतिशतले घटेको क्लिनिकल परीक्षणले देखाएको छ । अनुसन्धानकर्ताहरूले यसलाई क्यान्सर उपचारमा महत्वपूर्ण उपलब्धि मानेका बीबीसीले बताएको छ । परीक्षणअनुसार, इम्युनोथेरापी मात्र प्रयोग गर्दा भन्दा खोपसहितको उपचारले दुई वर्षमा मेलानोमा (घातक छालाको क्यान्सर) शरीरका अन्य भागमा फैलिने जोखिम ३८ प्रतिशतले घटाएको ...

केन्द्रबिन्दु
वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध
ताजा खबरJust now

वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शेरफेन रदरफोर्डलाई अनुबन्ध गरेको छ । पाकिस्तानका पूर्व कप्तान मिशवाह उल हकको मुख्य प्रशिक्षणमा रहेको सुदूरपश्चिमले रदरफोर्डलाई अनुबन्ध गरेको जानकारी दिएको छ । उनले वेस्ट इन्डिजका लागि ६१ टी-२० खेल खेलेका छन् भने ३१ एकदिवसीय खेल खेलेका छन् । The post वेस्ट इन्डिजका रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्ध appeared ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play