Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा प्रदर्शन उग्र बन्दा हिंसा र आगजनी, १ हजारभन्दा बढी पक्राउ

फ्रान्समा प्रदर्शन उग्र बन्दा हिंसा र आगजनी, १ हजारभन्दा बढी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा प्रदर्शन उग्र बन्दा हिंसा र आगजनी, १ हजारभन्दा बढी पक्राउ

Reuters फ्रान्समा विद्यालयका समस्या र बढ्दो महँगीविरुद्ध शनिवार भएको प्रदर्शनका क्रममा देशभर हिंसात्मक घटना भएका विवरणहरू आएका छन्।अनुमानित ५ लाख ५० हजार मानिस सडकमा उत्रिएको प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन्। सरकारले प्रदर्शनका क्रममा भएको घटनालाई 'हिंसामा वृद्धि भएको' भनी अर्थ्याएको छ। राजधानी प्यारिसमा साँझसम्मै प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच व्यापक झडप भएको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। भारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारीदिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागे प्यारिससहित देशका अन्य क्षेत्रका भवनहरूमा आगजनी गरिएको छ। लिमोज सहरको नगरपालिका भवनमा लागेको ठूलो आगोका कारण छानाको केही भाग भत्किएको छ।देशका विभिन्न सहरमा लुटपाटका घटना पनि भएका छन्।त्यस्तै, नगरपालिकाका भवन र व्यापारिक प्रतिष्ठानहरूलाई लक्षित गरी व्यापक तोडफोड भएका विवरणहरू आएका छन्।प्रदर्शनका क्रममा भएको हिंसामा १५० जना प्रहरी घाइते भएका अधिकारीहरूले बताएका छन्। Reuters प्यारिसमा दिउँसो भएको मुख्य प्रदर्शन भने अधिकांश समय शान्तिपूर्ण थियो।बीबीसीसँग कुरा गर्दै युवाको एक समूहले आफूहरूले शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने बताएको थियो।"हामी केवल परिवर्तन ल्याउने प्रयासका छौँ, तर केही पनि अघि बढिरहेको छैन।"तर दिन ढल्दै जाँदा केही समूहले सडक र सवारीसाधनमा आगजनी गरेका थिए। पसलहरूमा लुटपाट भएको थियो भने आगलागीका कारण कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। केही समूहबीच झडप भएको पनि देखिएको थियो।मध्य प्यारिसमा दङ्गा नियन्त्रण प्रहरीले प्रदर्शनकारीहरूको एउटा समूहलाई तितरबितर पार्ने क्रममा केहीलाई लाठी प्रहार गरेको पनि देखिएको थियो। जेन जी आन्दोलनका घाइतेको नजरमा विगत एक वर्षजेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ' लियोँका मेयर ग्रेगोरी डुसेले सहरको पर्यटक सूचना केन्द्रमा आगजनी हुनुलाई 'दुःखद घटना' भनेका छन्। बीएफएमटीभीसँग कुरा गर्दै उनले भने, "यो अत्यन्तै प्रतिष्ठित र प्रसिद्ध ऐतिहासिक भवन हो। यसमा आगजनी हुँदा हामीलाई निकै दुःख लागेको छ।"स्थानीय प्रहरीले 'शत्रुतापूर्ण व्यवहार गर्ने व्यक्तिहरू' ले अग्नि नियन्त्रकहरूलाई आगो निभाउन अवरोध पुर्‍याएको जनाएको छ।त्यस्तै, दक्षिणपूर्वी सहर सेन्ट-एटिएनमा ग्रिनेड विस्फोट हुँदा एक युवकको हात गुमेको मेयर रेगिस जुआनिकोले सामाजिक सञ्जालमार्फत बताएका छन्।"यस्तो दुःखद घटना कहिल्यै हुनु हुँदैनथ्यो," उनले भनेका छन्। Getty Images फ्रान्सको आन्तरिक मामिला मन्त्रालयका अनुसार राजधानी प्यारिसका केही भागसहित कतिपय सहरमा मुख छोपेका व्यक्तिहरूले 'लक्षित रूपमा हिंसात्मक गतिविधि' गरेका हुन्।ग्रेनोबल, अभिन्योँ, पो, मोँपेलिए र भालेन्सलगायत फ्रान्सका विभिन्न सहरमा पनि भवनहरूमा क्षति पुगेको विवरण छ।प्यारिसमा कपडा तथा खाद्यान्न पसलहरूमा लुटपाट भएको हो। बीबीसी भेरिफाइले पुष्टि गरेको एउटा भिडिओमा ग्रेनोबल सहरको केन्द्रमा रहेको साँघुरो सडकमा पर्यटक बोक्ने रेल चलाउँदै मुख छोपेका व्यक्तिहरू दङ्गा नियन्त्रण प्रहरीतर्फ अघि बढेको देखिन्छ। भारतमा नेहा बोरापछि अभिजित दीप्के पनि हिरासतमुक्त, उनकी आमाले के भनिन्?दिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनि फ्रान्समा १५ देखि १८ वर्ष उमेरका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालयहरूमा कर्मचारी अभाव र जीर्ण भौतिक संरचनाको विरोधमा पछिल्ला केही सातादेखि लाखौँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्।शनिवारको प्रदर्शनमा ट्रेड युनियनका सदस्य र अन्य समूह पनि सहभागी भएपछि प्रदर्शनकारीको सङ्ख्या थप बढेको थियो।बढ्दो जीवनयापन खर्चको विरोधमा सन् २०१८ देखि एक वर्षभन्दा लामो समयसम्म आन्दोलन गरेका 'येलो भेस्ट' आन्दोलनका सदस्यहरू पनि प्रदर्शनमा सहभागी थिए। उक्त आन्दोलन फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चलेका विरोध प्रदर्शनमध्ये एक मानिन्छ।प्रदर्शनकारीका माग सम्बोधन गर्न सरकारले केही प्रयास गरेको देखिन्छ। शिक्षामन्त्री एडुआर गेफ्रेले अक्टोबर ८ मा एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा थप ३ हजार शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।यद्यपि, प्रदर्शन नरोकिएको बरु झन् चर्किएको देखिन्छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]
ताजा खबरJust now

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]

बूढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र ...

हाम्राकुरा
ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड
ताजा खबरJust now

ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता... ...

रातोपाटी
५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)
ताजा खबरJust now

५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)

काठमाण्डु– बडादसैँ मनाउन काठमाण्डु उपत्यका छाड्ने यात्रुको सङ्ख्या ५ लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको […] ...

काठमाण्डुपाटी
उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए
ताजा खबरJust now

उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए

काठमाडौँ, कात्तिक १ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play