फ्रान्समा पुनः देशव्यापी प्रदर्शन, ७० हजार सुरक्षाकर्मी तैनाथ

काठमाडौं । फ्रान्समा गत साता भएको हिंसा र लुटपाटपछि महँगी तथा सरकारी सेवा कटौतीविरुद्ध शनिबार देशव्यापी प्रदर्शनको तयारी गरिएको छ । सम्भावित हिंसा नियन्त्रण गर्न सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीसँगै विशेष प्रहरी टोली, करिब २० वटा बख्तरबन्द गाडी र पानीको फोहोरा प्रहार गर्ने १५ वटा सवारीसाधन पनि परिचालन गरिने जनाइएको छ । गत शनिबार भएको प्रदर्शनका क्रममा पसलमा तोडफोड, लुटपाट र सवारीसाधनमा आगजनी भएको थियो। घटनामा दुई हजार सात सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेको विवरण छ । प्रदर्शनका कारण पेरिससहित विभिन्न सहरमा रातिको निषेधाज्ञा र मानिसहरूको जमघटमा प्रतिबन्ध लगाइएको छ । पेरिसको लुभ्र सङ्ग्रहालय बन्द रहनेछ भने पेरिस सेन्ट जर्मेन र लियोनबीचको फुटबल खेल पनि स्थगित गरिएको छ। केही सहरमा सार्वजनिक यातायातमा समेत प्रतिबन्ध लगाइएको छ । विद्यालयको कमजोर अवस्थाविरुद्ध सुरु भएको आन्दोलन अहिले महँगी, बढ्दो जीवनयापन खर्च र सरकारी सुविधामा कटौतीको विरोधमा विस्तार भएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग भेट गरेका थिए । तर, प्रदर्शनमा प्रतिबन्ध लगाउने सरकारी निर्णयप्रति विद्यार्थी सङ्गठनहरूले असन्तुष्टि जनाएका छन् । सरकारी अनुमानअनुसार गत साताको प्रदर्शनमा कम्तीमा तीन हजार पसलमा क्षति पुगेको वा लुटपाट भएको थियो । पेरिसमा सुपरमार्केट, विद्युतीय सामानका पसल, बैंक र महँगा सामानका बिक्री केन्द्रलाई निशाना बनाइएको थियो। अन्य सहरमा पनि पसल, सार्वजनिक संरचना र ऐतिहासिक भवनमा क्षति पुगेको जनाइएको छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाबाट प्रभावित व्यवसायीलाई कर छुट र आर्थिक सहायता दिने घोषणा गरेका छन् । सरकारले पुन: हिंसा भड्किए अन्य क्षेत्रमा पनि निषेधाज्ञा लगाउन सकिने चेतावनी दिएको छ। विपक्षी नेताहरूले भने सरकारमाथि शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन् । The post फ्रान्समा पुनः देशव्यापी प्रदर्शन, ७० हजार सुरक्षाकर्मी तैनाथ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला
• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। • प्रतियोगितामा ११ टोली सहभागी हुनेछन् र ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। • कर्णाली प्रदेशले १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरिसकेको छ, जहाँ उद्घाटन र समापन समारोह हुने छ। ...

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी
काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार... ...

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसु... ...

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर र... ...


