Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्सभर दशौँ हजार मानिसहरू प्रदर्शनमा, कैयौँ पक्राउ

फ्रान्सभर दशौँ हजार मानिसहरू प्रदर्शनमा, कैयौँ पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्सभर दशौँ हजार मानिसहरू प्रदर्शनमा, कैयौँ पक्राउ

Reuters फ्रान्समा जीवनयापनको बढ्दो लागत र विद्यालयहरूको अवस्थालाई लिएर देशभर व्यापक प्रदर्शन भइरहेका बेला त्यहाँको प्रहरीले विभिन्न सहरहरूमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। फ्रान्सका आन्तरिक मामिला मन्त्रीका अनुसार हालसम्म देशभरबाट १३५ जनालाई पक्राउ गरिएको छ। ७० हजार प्रहरी परिचालन गरिएको छ भने केही र्‍यालीहरूमाथि प्रतिबन्ध लगाइएको छ।कैयौँ पसलहरू बन्द गरिएका छन् र प्यारिसका मेट्रो स्टेसनहरू पनि बन्द छन्। फ्रान्समा प्रदर्शनकारीले आगो लगाउँदा टाउन हल गर्ल्यामगुर्लुम हुँदाको क्षणप्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्ट ओर्लियन्स सहरमा 'न्याश्नल र्‍याली' नामक अति-दक्षिणपन्थी दलविरुद्ध १० हजार मानिसहरू एक र्‍यालीमा सहभागी भएका छन्। उक्त दलले त्यहीँ आफ्नो वार्षिक महाधिवेशन आयोजना गरिरहेको छ। सुरक्षा व्यवस्था कडा Getty Images गत साताको अन्त्यमा प्रदर्शनकारी र प्रहरीबीच भएका व्यापक झडप तथा लुटपाटसम्बन्धी छिटपुट घटनाहरूकै कारण यतिखेर सुरक्षा व्यवस्था कडा पारिएको छ।प्यारिसमा प्रहरीले आफ्नो कारबाहीका क्रममा हतियार र ग्यास मास्कहरू बरामद गरेको थियो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा प्रहरीले सहरमा "सबै शान्त" रहेको जनाएको छ।शनिवारका प्रदर्शनहरू गत सप्ताहान्तमा भएका दङ्गा र लुटपाटका पृष्ठभूमिमा भएका छन्। प्यारिसनजिक घातक गोलीकाण्ड, 'जातिवादी आतङ्कवादी हमला' को सङ्ज्ञाफ्रान्सका राष्ट्रपति माक्रोँद्वारा शान्तिका लागि आग्रह, मन्त्रीको 'राजीनामा अस्वीकार' उक्त घटनाले हजारौँ व्यवसायहरूलाई असर पारेको थियो भने २,७०० भन्दा बढी मानिसहरू पक्राउ परेका थिए।प्यारिस, मार्से र लियोन लगायतका सहरहरूमा कर्फ्यु, बन्द र विरोध प्रदर्शनमाथि प्रतिबन्ध लागू गरिए तापनि केही प्रदर्शनहरूलाई भने अनुमति दिइएको छ।आन्दोलन 'निकै ठूलो भइसक्यो' Getty Images प्यारिसका सडकमा रहेका विद्यार्थीहरूले बीबीसीसँग विरोध प्रदर्शनका बारेमा कुरा गरेका छन्।तिनैमध्येका एक जुलियन-गेब्रियल डेरले विरोध आन्दोलन शिक्षासम्बन्धी सुरुवाती मागहरूको तुलनामा निकै ठूलो भइसकेको बताउँछन्।युरोपेली मतदाताहरूले परम्परागत वा शासित राजनीतिक दलहरूमा चिन्ता सुन्ने र तिनीहरूलाई सम्बोधन गर्ने विश्वास गुमाइरहेको बीबीसीकी युरोप सम्पादक कात्या एड्लर भन्छिन्।"युवाहरूले जलवायु परिवर्तन, सामाजिक असमानता, असम्भव आवास मूल्य र एआईले रोजगार बजारमा आफ्नो स्थानलाई सम्भावित रूपमा खतरामा पारेको देखिरहेका छन्," उनी भन्छिन्।प्यू अनुसन्धान संस्थाद्वारा यस वर्ष गरिएको एक सर्वेक्षणका अनुसार फ्रान्समा ६९% मानिसहरू लोकतन्त्रसँग असन्तुष्ट छन्। स्पेनमा यो दर ६८% र इटलीमा ६२% छ।अमेरिकाले पनि यस्तै भ्रमको अनुभव गरिरहेको छ जहाँ ६९% आफ्नो लोकतन्त्रले गरिरहेको कामको शैलीप्रति असन्तुष्ट देखिन्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
ताजा खबरJust now

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

काठमाडौँ । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग... ...

रातोपाटी
इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी
ताजा खबरJust now

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान […] ...

काठमाण्डुपाटी
राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे
ताजा खबरJust now

राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्। राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।  भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा ... ...

नेपालखबर
यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट
ताजा खबरJust now

यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट

आगामी यु–१९ एसिया कपको तयारीलाई तीव्र पार्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले शनिबार टोली सार्वजनिक गर्दै खेलाडीहरूलाई पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा बोलाएको छ। युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुनेछ। क्यानका अनुसार बन्द प्रशिक्षणका क्रममा खेलाडीको मैदानभित्रको प्रदर्शन, अनुशासन र क्षमतालाई सुक्ष्म रूपमा […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play