Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्सका विभिन्न सहरमा दङ्गा फैलिएपछि शान्तिका लागि राष्ट्रपति माक्रोँको आग्रह

फ्रान्सका विभिन्न सहरमा दङ्गा फैलिएपछि शान्तिका लागि राष्ट्रपति माक्रोँको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्सका विभिन्न सहरमा दङ्गा फैलिएपछि शान्तिका लागि राष्ट्रपति माक्रोँको आग्रह

Reuters फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले शनिवार र आइतवारको प्रदर्शनका क्रममा हिंसा र लुटपाट भएपछि "शान्ति र सुव्यवस्था" कायम गर्न आह्वान गरेका छन्।राष्ट्रपति निवास रहेको इलिजी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई तनाव थप नबढाउन चेतावनी दिँदै भने, "हामी सबैले क्रोध र लज्जा महसुस गरेका छौँ।"बढ्दो इन्धन मूल्य, महँगी तथा विद्यालयसहितका सार्वजनिक सेवाहरूको बिग्रँदो अवस्थाको विरोधमा करिब ५ लाख ५० हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए। प्यारिसमा विरोध प्रदर्शन दङ्गा र लुटपाटमा परिणत, जलेका कार र फुटेका सिसा सडकमा छरपस्टभारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारी प्रदर्शन शान्तिपूर्ण भए पनि कतिपय स्थानमा हिंसा भड्किएको थियो।म्याक्रोँले प्रदर्शनकारीहरूको "वैध माग" र "तोडफोड, ध्वंस तथा लुटपाट" बीच स्पष्ट भिन्नता हुनुपर्ने बताए। फ्रान्सको 'इन्टेरिअर' मन्त्रालयका अनुसार प्रहरीले हालसम्म करिब २,४०० जनालाई पक्राउ गरेको छ।"अनियन्त्रित" हिंसालाई कुनै पनि हालतमा जायज ठहर गर्न नसकिने भन्दै फ्रेन्च राष्ट्रपतिले हिंसामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने बताएका छन्। Reuters प्रदर्शनकारी कोही कालो पोशाकमा थिए त कतिले मास्कले अनुहार ढाकेका थिए। प्यारिस, मार्सीली लगायत अन्य सहरमा प्रदर्शन भएको थियो। कतिले कार तथा भवनहरूमा आगो लगाइदिएका थिए।कालो पहिरन लगाएका, अनुहार ढाकेका केही दङ्गाकारीहरू प्यारिस, मार्सिली र अन्य सहरहरूमा पनि देखिएका थिए। उनीहरूले कार तथा भवनहरूमा आगजनी गरेका छन्।आइतवार पनि प्यारिस र लियोनका केही क्षेत्रमा सानो तहमा प्रहरीसँग झडप र लुटपाट जारी थियो।सयौँ प्रदर्शनकारीमाथि अश्रुग्याँस र श्टन ग्रीनेड प्रहार गरिएको समाचार एजेन्सी एएफपीले लेखेको छ।प्रदर्शनकारीहरूले प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार गरेका थिए।फ्रान्सको आधुनिक इतिहासकै सबैभन्दा खराबमध्ये एक मानिएको यस घटनाको प्रभाव देशभरका सहरहरूमा देखिएको छ।लिमोज सहरमा शनिवार प्रदर्शनकारीहरूले आगो लगाइदिँदा १९औँ शताब्दीको नगर भवन (टाउन हल)मा ठूलो क्षति पुगेको छ। आगलागीका कारण भवनको छत र क्लक टावर भत्किएको छ।भत्किएको भवन नजिकै रहेकी एनीसीले भनिन्, "सरकारमाथि रिस पोख्न ऐतिहासिक सम्पदामाथि क्षति पुर्‍याउनु स्वार्थी काम हो। यसले सबैलाई हानि पुर्‍याएको छ।"अर्का स्थानीय बासिन्दा जेरार्डले भने, "यो नराम्रो र अविश्वसनीय छ। हामी अत्यन्त दुःखी छौँ। यसलाई पहिलेको अवस्थामा फर्काउन धेरै समय लाग्ने छ।"व्यापक लुटपाटआइतवार बिहान प्यारिसमा पसलेहरूले फुटेका सिसाका टुक्रा सफा गरिरहेका थिए। फोहोर बोक्ने ट्रकहरूले सहरमा जम्मा भएका फोहोर हटाइरहेका थिए।प्यारिस, मार्सिली, लिल तथा अन्य सहरहरूमा व्यापक लुटपाट भएको थियो।म्याक्रोँले स्थानीय अधिकारी र मेयरहरूलाई पसल तथा सार्वजनिक भवनहरूको सुरक्षा गर्न आवश्यक उपायहरू अपनाउन निर्देशन दिएको बताए।प्रदर्शनका क्रममा हुने प्रहरी कारबाही "पूर्ण रूपमा पारदर्शी" हुने पनि उनको भनाइ छ।प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।केही स्थानमा दङ्गा नियन्त्रण प्रहरीले लाठी प्रयोग गरेको देखिएको थियो।गृहमन्त्रालयका अनुसार शनिवार करिब १,००० प्रहरी घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ। दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागेजेन जी आन्दोलनका घाइतेको नजरमा विगत एक वर्ष राजनीतिक ध्रुवीकरण बढ्दोविद्यार्थीहरूले गत महिना सुरु गरेको प्रदर्शनहरूमा शनिवार ट्रेड युनियनका सदस्यहरू तथा अन्य सरकार-विरोधी समूहहरू सहभागी भएपछि त्यो व्यापक बन्न पुगेको देखिन्छ।आगामी एप्रिलमा निर्वाचन गर्ने तयारी भइरहेको छ। त्यो निर्वाचनमा उग्र दक्षिणपन्थी र उग्र वामपन्थी शक्तिबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको भनिएको फ्रान्समा अहिले गहिरो राजनीतिक ध्रुवीकरण उजागर भएको ठानिएको छ।फ्रान्सका आन्तरिक मामिलामन्त्री लराँ नुनेजले प्रदर्शन गर्नु मौलिक अधिकार भए पनि "हजारौँ उग्र वामपन्थीहरू"ले सार्वजनिक भवनहरूलाई निशाना बनाउँदै र प्रहरीसँग जुध्ने उद्देश्यसहित दङ्गा मच्चाएको आरोप लगाएका छन्।उनका अनुसार विभिन्न सहरहरूमा व्यावसायिक प्रतिष्ठानहरू "लुट्ने र तोडफोड गर्ने अपराधी समूहहरू" पनि उनीहरूसँग मिसिएका थिए।उग्र वामपन्थी पार्टी ला फ्रान्स इन्सुमिसका नेता जाँ-ल्युक मेलेन्सोँले सामाजिक सञ्जालमार्फत् नुनेज र प्रहरी नेतृत्वको कडा आलोचना गरेका छन्।उनले प्रदर्शन व्यवस्थापनमा "आफ्नो अयोग्यता पूर्ण रूपमा" देखाएको आरोप लगाउँदै उनीहरूलाई "सङ्गठित अराजकताकारी" भने।अर्कोतर्फ अति-दक्षिणपन्थी न्याश्नल र्‍याली पार्टीकी नेत्री मरिन ली पेनले "हिंसालाई प्रोत्साहन गर्ने राजनीतिक शक्तिहरूले" जनआक्रोशको "दुरुपयोग" गरेको भन्दै निन्दा गरिन्। दिल्लीमा देखिएको असन्तुष्टि निर्वाचन आयोगविरुद्ध मात्रै हो कि मोदी सरकारको कार्यशैलीविरुद्ध पनिजेन जी शहीदकी आमा भन्छिन् : 'छोरा सधैँ सपनामा आउँछ' बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
ताजा खबरJust now

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ

काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

नेपालन्युज
पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
ताजा खबरJust now

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

कर्पोरट खबर
ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
ताजा खबरJust now

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता

काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

रातोपाटी
टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
ताजा खबरJust now

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play