Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो, सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउँदैछौँः मन्त्री श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो, सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउँदैछौँः मन्त्री श्रेष्ठ
Photo / Coverage: टक्सार

काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको बताएका छन् । बिहीवार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोरको मुद्दा समयमै व्यवस्थापन गरी नेपाललाई सफा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन् । महानगरपालिकाले अघि सारेको तीन कार्यक्रममध्ये काठमाडौँलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको उनले बताए ।काठमाडौँको फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन हुने अनुमान गरिएको भएपनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको तर विद्युत उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई उपकरण बनाउने काममा लाग्न निर्देशन दिइसकेको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले फोहोरबाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने नजिर काठमाडौंमा महानगरले देखाएपछि अन्य पालिकाहरुलाई पनि उत्पादन गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले भने, “फोहोरको मुद्दा अन्तरपुस्तालाई काठमाडौंलाई नेपाललाई एउटा जस्टिस गर्ने मुद्दा हो । यो सबैको साझा मुद्दा हो । यो राजनीतिक भन्दा पनि ठूलो मुद्दा हो । काठमाडौंलाई रिचार्ज गर्ने भन्ने एउटा मुद्दा हो । त्यो काठमाडौं क्लाइमेट विकबाट सफलतातिर हामी गएका छौँ । शुरु भएको छ, सिंचाई विभागलाई काठमाडौं रिचार्जमा हामीले पनि हातेमालो गरेर जानुपर्छ । त्यसको प्रक्रिया पनि अघि बढिसकेको छ । बायोग्यासको कुरा थियो, दुई नम्बरमा । यसबाट १४ किलोवाट बत्ती निस्किन्छ भन्ने हामीले अनुमान गरेका थियौँ । बाढीले गर्दा त्यो उपकरण बिग्रिएको कारणले अहिले उत्पादन गर्न नसकिने भन्दा चसक्क भएको छ । एउटा नजिरको लागि भएपनि उत्पादन हुन्छ है भनेर देखाउन सकियो भने काठमाडौं महानगरपालिका नेतृत्वदायी भएर अरुलाई पनि उक्त बाटोमा लैजान्छ भन्ने आशा थियो । यसबाट १४ किलोवाट बत्ती निस्कियो भने १२ नम्बर वडाको लागि आयश्रोत हुन्छ ।” मन्त्री श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम शुरु गर्ने योजना बनाएको जानकारी दिए । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्ने बताए । उनले एलपिजी मुक्त स्थानीय सरकार भन्ने सरकारको उद्देश्यलाई यो कामले पूरा गर्ने उल्लेख गरे । यसका लागि नीतिगत अस्पष्टता रहेको भएपनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने जानकारी दिए । मन्त्री श्रेष्ठले अन्तर स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढ्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे । उनले सरकार महानगरको यो कदमलाई सहयोग गर्न सधैँ तयार रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह
Latest NewsJust now

स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले आफू सधैँ स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताएका छन् । मेची–महाकाली पदयात्राका क्रममा बिहीवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका... ...

रातोपाटी
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली
Latest NewsJust now

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिहरूले आफ्नो पूरै कार्यकाल काम गर्न पाउनुपर्नेमा जोड दिँदै स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि जेठको सुरुमै सकिने भएकाले वैशाखको... ...

रातोपाटी
नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान
Latest NewsJust now

नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान

चितवन । चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका विभिन्न चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक बत्ती बिहीबारदेखि सञ्चालनमा आएका हुन् । पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न ६ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा महानगरपालिकाका कार्यवाहक […] ...

लोकपथ
वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement