Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार
Photo / Coverage: पर्दाफास

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै समस्या होइन, यो हामी सबैको साझा चुनौती हो। यो अन्तरपुस्तागत न्यायसँग पनि जोडिएको विषय हो । हामीले आगामी पुस्तालाई कस्तो काठमाडौं र कस्तो देश हस्तान्तरण गर्ने भन्ने कुरा आजको हाम्रो कामले निर्धारण गर्छ । त्यसैले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको साझा जिम्मेवारी छ ।’ उनले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा बढ्दो प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनले जनस्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गरे । विशेषगरी बाक्लो जनघनत्व भएको क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरबाही हुँदा संक्रमणको जोखिम उपत्यकाभर फैलिन सक्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले फोहोरबाट निस्कने मिथेन ग्यासलाई ऊर्जामा रूपान्तरण गर्न सकिने भएकाले यस्ता परियोजनालाई वातावरण संरक्षण र नवीकरणीय ऊर्जा उत्पादनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए। उनले भने, ‘फोहोर व्यवस्थापन गर्न नसक्दा संक्रमणको डर छ । अझ जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने त्यसले सिंगो उपत्यकालाई नै असर पार्न सक्छ। फोहोरबाट निस्कने मिथेन ग्यासको वातावरणीय प्रभाव पनि निकै बढी हुन्छ । त्यसैले बायोग्यास प्लान्टमार्फत मिथेनलाई ऊर्जामा रूपान्तरण गर्न सकिन्छ । यसले वातावरण संरक्षणसँगै नवीकरणीय ऊर्जा उत्पादनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ।’ उनले काठमाडौं महानगरपालिकाले टेकु क्षेत्रमा सुरु गरेको पहललाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गर्दै फोहोरलाई ल्यान्डफिल साइटमा विसर्जन गर्ने वस्तुका रूपमा मात्र नहेरी स्थानीयस्तरमै व्यवस्थापन र उपयोग गर्न सकिने स्रोतका रूपमा लिनुपर्ने बताए । मन्त्री श्रेष्ठले टेकुस्थित परियोजनाबाट १४ किलोवाट विद्युत् उत्पादन गर्ने प्रारम्भिक लक्ष्य रहे पनि बाढीका कारण उपकरणमा क्षति पुगेकाले तत्काल विद्युत् उत्पादन हुन नसकेको जानकारी दिए । उपकरण पुनःनिर्माण गरी विद्युत् उत्पादन सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अधिकारी तथा प्राविधिक टोलीलाई निर्देशन दिइसकेको उनले बताए । परियोजनाबाट विद्युत् उत्पादन भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी त्यसबाट प्राप्त आम्दानी काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को आन्तरिक स्रोतका रूपमा विकास गर्न सकिने उनको प्रस्ताव छ । उनले उत्पादित विद्युत् दिनको समयमा परियोजना परिसरस्थित कार्यालय सञ्चालनमा र रातको समयमा टेकु आसपासका सडक बत्ती बाल्न प्रयोग गर्ने अवधारणासमेत अघि सारे । मन्त्री श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहलाई फोहोरबाट ऊर्जा उत्पादन गर्ने यस्ता परियोजना सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गर्न आह्वान गरे । मन्त्रालय स्थानीय तहसँग साझेदारी गर्न तयार रहेको उनको भनाइ थियो । उनले विश्व बैंकलाई समेत परियोजनाको विस्तार र प्रविधिगत सहयोगमा साझेदारी गर्न आग्रह गरे । हाल दुईवटा डाइजेस्टरमार्फत सञ्चालन भइरहेको परियोजनालाई विस्तार गर्दै बन्चरेडाँडा र सिसडोलमा जाने फोहोरको मात्रा क्रमशः घटाउन सकिने उनको विश्वास छ । काठमाडौं महानगरपालिकाले भविष्यमा आफ्नो एक किलो फोहोर पनि ल्यान्डफिल साइटमा नपठाउने लक्ष्य राख्नुपर्ने उल्लेख गर्दै उनले फोहोर व्यवस्थापनलाई उद्यमशीलता र रोजगारी सिर्जनासँग जोड्न सकिने बताए । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा विगतमा प्रचलनमा रहेको नेवार समुदायको ‘सागा’ प्रणालीलाई स्मरण गर्दै परम्परागत फोहोर व्यवस्थापन पद्धतिबाट पनि सिक्नुपर्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक
OthersJust now

एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक

आदिवासी जनजाति समुदायको स्वतन्त्र पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले संयुक्तरुपमा विहीबार निर्देशिका सार्वजनिक गरेका हुन् । निर्देशिका सार्वजनिक कार्यक्रममा अध्यक्ष थापामगरले आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा उनीहरूको स्वतन्त्र र पूर्वसूचित सहमतिबिना कुनै ...

पर्दाफास
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
OthersJust now

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च

पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो । ...

अनलाइन खबर
पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप
OthersJust now

पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप

यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर उनीहरूलाई सहयोग गरेको दाबी गर्छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement