Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी
Photo / Coverage: नेपालन्युज

दमौली । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ आम्दानी गरेको छ । नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । नगरपालिकाले गत आर्थिक वर्ष २०८२-८३ मा फोहर बिक्रीबाट २७ लाख आम्दानी गरेको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो । घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताए। नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा संकलन गर्दै आएको छ । बिक्रीयोग्य सामग्री बिक्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको भए पनि निर्णय हुन नसक्दा दीर्घकालीन फोहरमैला व्यवस्थापनमा समस्या भइरहेको छ । नगरपालिकाले नगरका टोल, वडा र विद्यालयमा पुगेर फोहर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालय परिसरमा संकलित नकुहिने फोहरबाट कागज, सिसा र प्लास्टिकजन्य सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ । कुहिने फोहर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग हुँदै आएको छ । नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक फोहर संकलन गर्दै आएको छ । ती क्षेत्रबाट दैनिक करिब ११ टन फोहर संकलन हुने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार मन्त्रालयले खाइदियो ७ इन्जिनियरको जागिर
Latest NewsJust now

पूर्वाधार मन्त्रालयले खाइदियो ७ इन्जिनियरको जागिर

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका सात जना इन्जिनियरलाई... ...

रातोपाटी
सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Latest NewsJust now

सरकारी कागजात किर्तेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

• सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन रायलाई सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरिएको छ। • वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। • प्रहरीले घटनाको अनुसन्धान गर्दै रायमाथि थप कारवाही प्रक्रिया अघि बढाएको छ। ...

नेपालबहस
९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग
Latest NewsJust now

९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play