Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने
Photo / Coverage: टेक्नोलोजी खबर

फोर्डले नयाँ पुस्ताका कनेक्टेड कार सार्वजनिक गर्ने तयारी गरिरहेका बेला कम्पनीले ग्राहकको सवारीसाधनबाट संकलन हुने सूचना कसरी प्रयोग र सुरक्षित गर्छ भन्नेबारे सार्वजनिक प्रतिबद्धता जनाएको छ। कम्पनीले सोमबार ‘प्राइभेसी प्रमिस’ अर्थात् गोपनीयतासम्बन्धी प्रतिबद्धता सार्वजनिक गरेको हो। यसलाई ग्राहकको सवारीसाधनसम्बन्धी डाटा सुरक्षित राख्ने र आफूले कुन सूचना साझा गर्ने भन्ने निर्णय गर्ने अधिकार ग्राहकलाई दिने स्पष्ट प्रतिबद्धताका रूपमा प्रस्तुत गरिएको छ। टेकक्रञ्चका अनुसार फोर्डले ग्राहकलाई आफ्नो डाटा कसरी, कहाँ र किन प्रयोग गरिन्छ भन्नेबारे जानकारी दिन एउटा वेबसाइट पनि सार्वजनिक गरेको छ। उक्त वेबसाइटमार्फत ग्राहकले डाटा साझेदारीसम्बन्धी आफ्नो सेटिङ कसरी परिवर्तन गर्ने भन्ने जानकारीसमेत पाउन सक्नेछन्। डाटा नियन्त्रण गर्ने यी सुविधा धेरै वर्षदेखि उपलब्ध भए पनि फोर्डले ग्राहकसँग यसबारे अझ स्पष्ट रूपमा जानकारी साझा गर्न चाहेको छ। विशेषगरी कम्पनीको आगामी ‘युनिभर्सल इलेक्ट्रिक भेहिकल’ प्लेटफर्ममा आधारित थप कनेक्टेड सवारीसाधन सार्वजनिक गर्नुअघि यस्तो पहल गरिएको हो। फोर्डकी प्रमुख गोपनीयता अधिकारी क्रिस्टिन जोन्सले टेकक्रन्चसँगको अन्तर्वार्तामा भनिन्, “हामीले आफ्ना ग्राहकलाई डाटा प्रयोगसम्बन्धी हाम्रा अभ्यासबारे स्पष्ट जानकारी दिनु अत्यन्त महत्त्वपूर्ण छ भन्ने मलाई व्यक्तिगत रूपमा लाग्छ। त्यसका साथै हामीले यस विषयमा उनीहरूसँग प्रतिबद्धता पनि जनाउनुपर्छ। ग्राहकले आफ्नो डाटा कसरी साझा गरिरहेका छन् भन्नेबारे जानकारी दिनु पनि यो एउटा राम्रो अवसर हो।” सवारी निर्माता कम्पनीहरूले आफ्ना कारलाई थप कनेक्टेड बनाउँदै लगेका बेला फोर्डले गोपनीयतासम्बन्धी यो नयाँ पहल अघि सारेको हो। केही सर्वेक्षणले अमेरिकी ग्राहकहरू रिमोट स्टार्ट, नेभिगेसन र चालक सहायता सफ्टवेयरजस्ता कनेक्टिभिटीमा आधारित सुविधा चाहने देखाएका छन्। तर आफ्नो सवारीसाधनले कस्तो डाटा संकलन गर्छ भन्ने कुरा पूर्ण रूपमा बुझ्ने ग्राहकको संख्या १४ प्रतिशत मात्रै रहेको छ। ग्राहकमा डाटा संकलन र साझेदारीबारे पर्याप्त जानकारी नहुँदा केही कम्पनीलाई उनीहरूको डाटा तेस्रो पक्षलाई बिक्री गर्ने अवसर मिलेको छ। यही अभ्यासका कारण जनरल मोटर्स (जीएम) अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) को कारबाहीमा परेको थियो। गत साता कम्पनीले ३६ राज्यसँगको मुद्दा मिलाउन २२ करोड अमेरिकी डलर तिर्ने सहमति पनि गरेको थियो। ग्राहकमा डाटा संकलन र साझेदारीबारे जानकारीको कमीले अन्य कम्पनीलाई आफूहरू ग्राहकको डाटा सुरक्षित राख्न बढी जिम्मेवार रहेको दाबी गर्ने अवसरसमेत दिएको छ। जेफ बेजोसको समर्थन रहेको विद्युतीय सवारी स्टार्टअप स्लेट अटोले पनि यसैलाई आफ्नो विशेषताका रूपमा प्रस्तुत गर्दै आएको छ। कम्पनीले यस वर्षको अन्त्यतिर आफ्नो सामान्य डिजाइनको पिकअप ट्रक सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। जोन्सले भनिन्, “हामीले एक हजार उपभोक्तामा सर्वेक्षण गरेका थियौँ। तीमध्ये ९१ प्रतिशतले डाटा गोपनीयता आफ्नो निर्णयका लागि महत्त्वपूर्ण विषय भएको बताएका थिए। वास्तविकतामा उनीहरू हरेक दिन यस विषयमा चासो दिइरहेका हुँदैनन्। तर आफूहरूकै नियन्त्रणमा डाटा रहेको र आवश्यक सूचना प्राप्त गर्न सक्ने अवस्था होस् भन्ने उनीहरू चाहन्छन्।” उनले थपिन्, “हाम्रा प्रतिस्पर्धीले के गरिरहेका छन् वा पछिल्लो समय समाचारमा आएका विषयबारे म टिप्पणी गर्न चाहन्नँ। तर मानिसहरू कम्पनीहरूले आफ्नो डाटा जिम्मेवारीपूर्वक सुरक्षित राख्छन् भन्नेमा विश्वास गर्न सकिरहेका छैनन्। त्यसैले हामी ग्राहकसँग विश्वासको सम्बन्ध निर्माण गर्न चाहन्छौँ।” कानुनी, वित्तीय र स्वास्थ्य सेवा क्षेत्रमा करिब दुई दशकसम्म गोपनीयतासम्बन्धी काम गरेपछि सन् २०२४ मा फोर्डमा आबद्ध भएकी जोन्सका अनुसार ग्राहकसँग डाटा साझेदारीबारे सञ्चार गर्ने तरिका सुधार्ने प्रयास कम्पनीले लामो समयदेखि गर्दै आएको छ। उनले भनिन्, “स्पष्ट रूपमा भन्नुपर्दा, म फोर्डमा आबद्ध भएदेखि नै यो एउटा निरन्तर प्रक्रियाका रूपमा अघि बढिरहेको छ।” The post फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ
TechnologyJust now

नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

१७ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ इनड्राइभ नेपाल प्रिमियर लिग (NPL) २०२६ को तेस्रो संस्करणका लागि आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने प्रतियोगितामा नेपालीसमेत सम्पूर्ण क्रिकेटप्रेमीहरूका लागि पारदर्शी भाडामा यात्रा, त्रिवि मैदान परिसरमा निःशुल्क फ्यान सटल, र मैदानमै दैनिक आकर्षक उपहार तथा विशेष […] The post ...

आइसिटी फ्रेम
दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी
TechnologyJust now

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ। सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ। त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब ...

टेक्नोलोजी खबर
बेलायती दूरसञ्चार कम्पनी भर्जिन मिडिया ओटूमा हजारौं रोजगारी कटौती गरिने
TechnologyJust now

बेलायती दूरसञ्चार कम्पनी भर्जिन मिडिया ओटूमा हजारौं रोजगारी कटौती गरिने

अर्बौं पाउण्डको ऋण र बढ्दो प्रतिस्पर्धाका कारण खर्च कटौती गर्ने प्रयास गरिरहेको बेलायती दूरसञ्चार कम्पनी ‘भर्जिन मिडिया ओ२’ (Virgin Media O2) का हजारौं कर्मचारीहरूले रोजगारी गुमाउने जोखिमको सामना गरिरहेका छन्। कम्पनीले कति पदहरू कटौती गर्ने भन्ने यकिन गरिसकेको छैन, तर यसले १६,००० कर्मचारीहरूमध्ये ठूलो हिस्सालाई असर पार्ने सम्भावना रहेको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ। भीएमओ२ को ब्यालेन्स सिटमा अर्बौंको ऋण छ। यसका ...

टेक्नोलोजी खबर
‘डिजिटल यूरो’को सुरक्षा परियोजनाका लागि टेलिफोनिका र मिन्साइट छनोट
TechnologyJust now

‘डिजिटल यूरो’को सुरक्षा परियोजनाका लागि टेलिफोनिका र मिन्साइट छनोट

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले भविष्यमा सुरु गरिने डिजिटल यूरोलाई आवश्यक पर्ने सञ्चार तथा सुरक्षा पूर्वाधार निर्माण र सञ्चालनका लागि टेलिफोनिका र मिन्साइटलाई जिम्मेवारी दिएको छ। यी कम्पनीहरूले डिजिटल मुद्रासँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रका विभिन्न मध्यस्थ संस्थाहरूलाई एकअर्कासँग जोड्ने पूर्वाधार निर्माण गर्नेछन्। यसमा बैंक, फिनटेक कम्पनी र भुक्तानी सेवा प्रदायक (पीएसपी) समावेश हुनेछन्। जारी गरिएको विज्ञप्तिअनुसार यो १० वर्षे सम्झौता ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play