Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी
Photo / Coverage: टेक्नोलोजी खबर

दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ। सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ। त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ। एआई प्रविधिको विस्तारसँगै मेमोरी चिपको माग बढिरहेका बेला दक्षिण कोरियाले यो क्षेत्रमा लगानी बढाउन लागेको हो। सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स विश्वका प्रमुख मेमोरी चिप उत्पादक कम्पनी हुन्। सन् २०२७ को कुल बजेट ८२१ खर्ब वन प्रस्ताव गरिएको छ र यो चालु वर्षभन्दा १२.८ प्रतिशत बढी हो । यो देशकै ठूलो बजेट प्रस्ताव हो। सरकारले रक्षा बजेट पनि ८.२ प्रतिशत बढाएर ७३ खर्ब ३० अर्ब वन पु¥याउने प्रस्ताव गरेको छ। आणविक शक्तिबाट चल्ने पनडुब्बी, केएफ–२१ लडाकू विमान तथा एआई, रोबोट र ड्रोनमा आधारित सैन्य प्रणाली विकासलाई प्राथमिकता दिइने राष्ट्रपति लीले बताए। बजेट कार्यान्वयनका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ। रासस/एएफपी The post दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ
TechnologyJust now

नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

१७ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग २०२६ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ इनड्राइभ नेपाल प्रिमियर लिग (NPL) २०२६ को तेस्रो संस्करणका लागि आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने प्रतियोगितामा नेपालीसमेत सम्पूर्ण क्रिकेटप्रेमीहरूका लागि पारदर्शी भाडामा यात्रा, त्रिवि मैदान परिसरमा निःशुल्क फ्यान सटल, र मैदानमै दैनिक आकर्षक उपहार तथा विशेष […] The post ...

आइसिटी फ्रेम
फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने
TechnologyJust now

फोर्डले ग्राहकको डाटा कसरी र किन प्रयोग गर्छ भन्नेबारे जानकारी दिने

फोर्डले नयाँ पुस्ताका कनेक्टेड कार सार्वजनिक गर्ने तयारी गरिरहेका बेला कम्पनीले ग्राहकको सवारीसाधनबाट संकलन हुने सूचना कसरी प्रयोग र सुरक्षित गर्छ भन्नेबारे सार्वजनिक प्रतिबद्धता जनाएको छ। कम्पनीले सोमबार ‘प्राइभेसी प्रमिस’ अर्थात् गोपनीयतासम्बन्धी प्रतिबद्धता सार्वजनिक गरेको हो। यसलाई ग्राहकको सवारीसाधनसम्बन्धी डाटा सुरक्षित राख्ने र आफूले कुन सूचना साझा गर्ने भन्ने निर्णय गर्ने अधिकार ग्राहकलाई दिने स्पष्ट प्रतिबद्धताका रूपमा प्रस्तुत गरिएको छ। टेकक्रञ्चका अनुसार ...

टेक्नोलोजी खबर
बेलायती दूरसञ्चार कम्पनी भर्जिन मिडिया ओटूमा हजारौं रोजगारी कटौती गरिने
TechnologyJust now

बेलायती दूरसञ्चार कम्पनी भर्जिन मिडिया ओटूमा हजारौं रोजगारी कटौती गरिने

अर्बौं पाउण्डको ऋण र बढ्दो प्रतिस्पर्धाका कारण खर्च कटौती गर्ने प्रयास गरिरहेको बेलायती दूरसञ्चार कम्पनी ‘भर्जिन मिडिया ओ२’ (Virgin Media O2) का हजारौं कर्मचारीहरूले रोजगारी गुमाउने जोखिमको सामना गरिरहेका छन्। कम्पनीले कति पदहरू कटौती गर्ने भन्ने यकिन गरिसकेको छैन, तर यसले १६,००० कर्मचारीहरूमध्ये ठूलो हिस्सालाई असर पार्ने सम्भावना रहेको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ। भीएमओ२ को ब्यालेन्स सिटमा अर्बौंको ऋण छ। यसका ...

टेक्नोलोजी खबर
‘डिजिटल यूरो’को सुरक्षा परियोजनाका लागि टेलिफोनिका र मिन्साइट छनोट
TechnologyJust now

‘डिजिटल यूरो’को सुरक्षा परियोजनाका लागि टेलिफोनिका र मिन्साइट छनोट

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले भविष्यमा सुरु गरिने डिजिटल यूरोलाई आवश्यक पर्ने सञ्चार तथा सुरक्षा पूर्वाधार निर्माण र सञ्चालनका लागि टेलिफोनिका र मिन्साइटलाई जिम्मेवारी दिएको छ। यी कम्पनीहरूले डिजिटल मुद्रासँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रका विभिन्न मध्यस्थ संस्थाहरूलाई एकअर्कासँग जोड्ने पूर्वाधार निर्माण गर्नेछन्। यसमा बैंक, फिनटेक कम्पनी र भुक्तानी सेवा प्रदायक (पीएसपी) समावेश हुनेछन्। जारी गरिएको विज्ञप्तिअनुसार यो १० वर्षे सम्झौता ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play