Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

युक्रेनमा फेरि आक्रमण, २४ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनमा फेरि आक्रमण, २४ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सोमबार दक्षिणी युक्रेनको जापोरिजियामा रुसले हवाई आक्रमण गर्दा २४ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आक्रमण कोमिसुवाखा बस्तीमा गरिएको हो, जहाँ एउटा विद्यालयमा वितरण केन्द्र सञ्चालन थियो र नजिकै आश्रयस्थल पनि थियो। जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै आक्रमणमा दुई राहतकर्मी र चार प्रहरी पनि मारिएको उल्लेख गरेका छन्। अक्टोबर २९ मा मात्र युक्रेनको तेस्रो ठुलो सहर डिनिप्रोको रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जना मारिएका थिए। युक्रेनमा नागरिक निशानाहरूमा आक्रमण बढेको छ। रुसले रिटेल चेन, रसद पूर्वाधार र आवासीय भवनसहित नागरिक पूर्वाधारहरूमा आक्रमणहरू बढाएको छ।गत महिना युक्रेनमा रहेका रुसी सेनाले रेकर्ड क्षति बेहोरेयता आक्रमण बढाइएको हो। यस अवधिमा रुसी सेनाले केही क्षेत्रको नियन्त्रण पनि गुमाएको थियो।् यसैबिच संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार, सेप्टेम्बरमा युक्रेनमा नागरिक मृत्युदर ८५ प्रतिशत बढेको छ। यो २०२२ मा रुसले पूर्ण-स्तरीय आक्रमण सुरु गरेपछि सेप्टेम्बरमा भएको सबैभन्दा उच्च मृत्यु हो। त्यस महिना लामो दुरीका मिसाइल र ड्रोनबाट मारिएकामध्ये आधाभन्दा बढी नागरिक थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखरेल र न्यौपानेलाई ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान
Latest NewsJust now

पोखरेल र न्यौपानेलाई ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल र डा. छायादत्त न्यौपानेलाई राष्ट्रिय विभूति स्रष्टा ‘जयपृथ्वीबहादुर सिंह’ सम्मान प्... ...

गोरखापत्र
ग्यास उद्योग गाभ्ने तयारी
Latest NewsJust now

ग्यास उद्योग गाभ्ने तयारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १७ गते । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति त... ...

गोरखापत्र
रुपन्देहीमा निःशुल्क योग साधना अभियान
Latest NewsJust now

रुपन्देहीमा निःशुल्क योग साधना अभियान

रूपन्देही । पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु... ...

रातोपाटी
ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
Latest NewsJust now

ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् । यद्यपि, उनी बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् । क्लबले उनको सम्झौता २०२७–२८ सिजनसम्मका लागि नवीकरण गरेको छ । म्याक्सवेलले गत वर्ष जुनमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका थिए । ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play