Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

फैसला बुझ्नै वकिल खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
फैसला बुझ्नै वकिल खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : प्रस्तावित न्यायाधीश पाण्डे
Photo / Coverage: हिमालय टाइम्स

काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीश जनक पाण्डेले सर्वोच्च अदालतका फैसला सर्वसाधारणले सहजै बुझ्ने खालको हुनुपर्ने बताउनुभएको छ । फैसला भइसकेपछि त्यसको अर्थ बुझ्न पनि कानून व्यवसायीकहाँ पुगेर थप शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै पाण्डेले न्याय सम्पादनमा स्पष्टता, तर्कसंगतता र कानूनी शुद्धतालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले न्याय दिनु मात्रै पर्याप्त नहुने भन्दै न्याय दिएको देखिने गरी निष्पक्ष सुनुवाइ सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । मुद्दाका दुवै पक्षको कुरा सुन्ने, विवादका मूल तथ्य पहिचान गर्ने तथा प्रमाण र कानूनी व्यवस्थाको निष्पक्ष विश्लेषण गरेर निर्णयमा पुग्नुपर्ने उहाँको भनाइ छ । फैसला आफ्नो पक्षमा नआउने पक्षलाई समेत किन त्यस्तो निर्णय भयो भन्ने कुरा स्पष्ट पार्नुपर्ने उहाँले बताउनु भयो । कुन तथ्य, प्रमाण र कानुनी आधारका कारण निर्णय आफ्नो पक्षमा आउन नसकेको हो भन्ने कुरा बुझाउन सकिए न्यायप्रतिको विश्वास बढ्ने उहाँको भनाइ छ । पाण्डेले न्यायिक प्रणालीप्रति नागरिकको विश्वास कायम राख्न फैसला लेखनको गुणस्तर र न्यायिक नजिरको प्रयोगमा समेत सुधार आवश्यक रहेको बताउनु भयो । न्यायाधीशले फैसला गर्दा स्थापित नजिर र कानूनी आधार स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले सर्वोच्च अदालतमा मुद्दाको चाप र पुराना मुद्दाको थुप्रो पनि न्याय सम्पादनको प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो । २०८३ असार ११ गतेसम्म सर्वोच्च अदालतमा २६ हजार ९९७ मुद्दा फैसला हुन बाँकी रहेको जानकारी दिँदै तीमध्ये पाँच वर्ष नाघेका १ हजार २५५ र दुई वर्ष नाघेका २ हजार ९४९ मुद्दा रहेको बताउनु भयो । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह भएको भन्दै उहाँले मुद्दाको प्रकृति, जटिलता, पुरानोपन र कानूनी महत्वका आधारमा प्राथमिकता निर्धारण गरी फछ्र्योट गर्नुपर्ने बताउनु भयो । मुद्दा व्यवस्थापनका लागि सर्वोच्च अदालतमा पनि मुद्दा व्यवस्थापन प्रणाली (डीसीएम) प्रभावकारी रूपमा लागू गर्नुपर्ने र कानून व्यवसायीको बहसलाई समयसीमाभित्र व्यवस्थित गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘स्वतन्त्र, निष्पक्ष र गुणस्तरीय न्याय सम्पादनका लागि सर्वप्रथम मुद्दामा रहेका मुख्य विवादित तथ्य, कानूनी प्रश्न, लागू हुने कानून तथा सान्दर्भिक नजिरको पहिचान गरी निष्पक्ष र तर्कसंगत विश्लेषण गर्नुपर्छ । दुवै पक्षलाई समान अवसर दिई उनीहरूको जिकिर र प्रमाण ध्यानपूर्वक सुन्नुपर्छ । न्याय गरेर मात्र पुग्दैन, न्याय भएको अनुभूतिसमेत गराउनुपर्छ । फैसला तथा आदेश स्पष्ट, तर्कपूर्ण, कानूनी आधारसहितको र सर्वसाधारणले समेत बुझ्न सक्ने हुनुपर्छ । त्यसैगरी, सर्वोच्च अदालतमा रहेका मुद्दाको चाप र बक्यौता घटाउन मुद्दाको प्रकृति, जटिलता, पुरानो अवस्था र कानूनी महत्वका आधारमा प्राथमिकता निर्धारण गरी शिघ्र फस्र्यौट गर्नुपर्छ। बहसलाई व्यवस्थित गर्दै समय व्यवस्थापन प्रभावकारी बनाउने र मुद्दा व्यवस्थापन पद्धति लागू गर्नुपर्छ । संविधानप्रदत्त मौलिक हक, मानव अधिकार र संवैधानिक न्यायको संरक्षण गर्दै विशेषगरी विपन्न, सीमान्तकृत तथा न्यायको पहुँचबाट वञ्चित नागरिकलाई न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्छ । साथै, फैसला गर्दा प्रासंगिक नजिर, कानून र स्थापित कानूनी सिद्धान्तको उचित प्रयोग गरी गुणस्तरीय फैसला लेखन र प्रभावकारी फैसला कार्यान्वयनमा जोड दिनुपर्छ । समग्रमा, ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो। त्यसैले न्याय सम्पादनलाई छिटो, छरितो, निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउँदै न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धि गर्नु मेरो प्राथमिकता हुनेछ ।’ न्यायमा पहुँचबाट वञ्चित वर्गसम्म संवैधानिक तथा मौलिक हकको प्रत्याभूति गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले संवैधानिक अधिकारको प्रयोग पहुँच भएका र माथिल्लो वर्गका व्यक्तिले बढी गरिरहेको उल्लेख गर्दै शोषित, पीडित र अधिकारबारे जानकारी नभएका समुदायसम्म न्यायिक पहुँच विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रामायण : तेस्रो दिन एडभान्स बुकिङबाटै ४७ करोड कलेक्सन
Latest NewsJust now

रामायण : तेस्रो दिन एडभान्स बुकिङबाटै ४७ करोड कलेक्सन

काठमाडौँ । रणवीर कपुर र यश स्टारर बहुप्रतिक्षित पौराणिक चलचित्र ‘रामायण’ले प्रदर्शनको तेस्रो दिनका लागि अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) मा आक्रामक व्यापार गरेको छ। बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै... ...

रातोपाटी
सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध
Latest NewsJust now

सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

छानबिन समितिले दुर्घटनाको कारण, बोटको प्राविधिक अवस्था, चालक तथा सञ्चालकको जिम्मेवारी, यात्रुको सुरक्षा व्यवस्था, उद्धार कार्यको प्रभावकारिता र नियमनकारी निकायको भूमिकालगायत विषयमा अध्ययन गरिरहेको जनाएको छ । ...

कान्तिपुर
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला
Latest NewsJust now

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

काठमाडौँ, कात्तिक २१ गते । नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाड... ...

गोरखापत्र
काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग
Latest NewsJust now

काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play