Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

‘फेस्टिभल अफ हिमालयज’मा फेरि नयाँ च्याम्पियन

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘फेस्टिभल अफ हिमालयज’मा फेरि नयाँ च्याम्पियन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । लगातार दुई संस्करणको फाइनल पुगेर पनि उपाधिबाट वञ्चित सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी उचालेको छ । पहिलो संस्करणदेखि नै उपाधि दाबेदार रहँदै आएको टोलीले लगातार तीनपटक फाइनल खेलेर अन्ततः आफ्नो लक्ष्य पूरा गरेको हो । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट रंगशालामा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपिएल च्याम्पियन बनेर इतिहास रचेको हो । एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिमले आफूलाई बलियो टोलीका रूपमा स्थापित गरेको थियो । लिग चरणमा शीर्ष स्थानमा रहेको उसले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । तर, निर्णायक खेलमा जनकपुरसँग पाँच विकेटले पराजित भएपछि टोली उपविजेतामा सीमित भयो । दोस्रो संस्करणमा पनि सुदूरपश्चिमको प्रदर्शन उत्कृष्ट रह्यो । लिग चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको टोलीले विराटनगर किंग्सलाई हराउँदै लगातार दोस्रोपटक फाइनलमा स्थान बनायो । तर, उपाधि भिडन्तमा लुम्बिनी लायन्ससँग पराजित भएपछि लगातार दोस्रोपटक उपविजेतामै चित्त बुझाउनुपर्‍यो । तेस्रो संस्करणमा सुदूरपश्चिमको सुरुवात पनि सहज रहेन । पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको टोलीले तेस्रो खेलमा विराटनगरलाई हराउँदै पुनरागमन गरेको थियो । त्यसपछि लिग चरणमा लगातार चार खेल जित्दै प्लेअफमा स्थान बनायो । लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा फेरि लुम्बिनीसँग पराजित भयो । तर, दोस्रो अवसरको सदुपयोग गर्दै दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर लगातार तेस्रोपटक फाइनलमा पुग्यो । फाइनलमा फेरि प्रतिद्वन्द्वी लुम्बिनी नै थियो । अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हार र यस सिजन लिग चरण तथा पहिलो क्वालिफायरमा भोगेका पराजयको बदला लिने अवसर सुदूरपश्चिमसँग थियो । यसपटक भने टोलीले कुनै गल्ती गरेन र उपाधि उचालेरै छाड्यो । नायक बने मन्सीटस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले लुम्बिनीलाई १५५ रनमा सीमित गरेको थियो । जवाफमा १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गरेको हो । सुदूरपश्चिमको जितका नायक बने जर्ज मन्सेले ४९ बलमै शतक पूरा गर्दै लुम्बिनीको बलिङ आक्रमणलाई तहसनहस पार्नुभयो । कुल ५४ बल खेल्नुभएका उहाँले अविजित १२५ रन बनाउनुभयो । यसक्रममा उहाँले एनपिएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान पनि बनाउनुभयो । अर्का ओपनर विनोद भण्डारीले पनि मन्सेलाई उत्कृष्ट साथ दिनुभयो । उहाँले २७ बलमा अविजित ३० रन बनाउनुभयो । सुदूरपश्चिमले सुरुदेखि नै आक्रामक खेल देखाएको थियो । मन्सेको ब्याटबाट लगातार चौका र छक्का निस्किरहँदा लुम्बिनीका बलर दबाबमा परेका थिए । पहिले ब्याटिङ गरेको लुम्बिनीले सुरुवातमै दबाब झेलेको थियो । ओपनर डार्सी सर्ट र आशिफ शेखले पहिलो ओभरमा एक रन मात्र बनाउन सके । आशिफ तेस्रो ओभरमा स्कट कुगलेइनको बलमा एलबिडब्ल्यु आउट हुनुभयो । उहाँले एक रन मात्र बनाउनुभयो । सर्टले १८ बलमा चार चौकासहित २१ रन जोड्नुभयो । निरोशन डिकवेलाले १७ बलमा २८ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले ३० रन जोड्नुभयो । सन्दीप जोरा चार रनमा आउट हुनुभयो । मध्यक्रममा लुम्बिनीले ठूलो साझेदारी गर्न सकेन । दिलिप नाथ र अली शेखले छैटौँ विकेटका लागि ३३ रन जोड्नुभयो । अलीले १२ बलमा दुई चौका र दुई छक्कासहित २४ रन बनाउनुभयो । दिलिप नाथ ३१ बलमा तीन छक्कासहित ३९ रनमा अविजित रहनुभयो । रुबेन ट्रम्पलम्यान चार रनमा अविजित रहनुभयो । सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिनुभयो । थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । अनिल खरेल र इसन पाण्डे भने महँगा सावित भए । खरेलले दुई ओभरमा २५ र पाण्डेले दुई ओभरमा ३० रन खर्चिनुभयो । दुवैले विकेट लिन सकेनन् । मैदानमा उपस्थित हजारौँ दर्शकका अगाडि सुदूरपश्चिमले जितको खुसी मनाउँदा लुम्बिनीको लगातार दोस्रो उपाधि जित्ने सपना अधुरै रह्यो । जर्ज मन्सेको विस्फोटक शतक र सुदूरपश्चिमको एकपक्षीय प्रदर्शनसँगै ‘फेस्टिभल अफ हिमालयज’को नारासहित अघि बढेको एनपिएलले नयाँ च्याम्पियन जन्माएको छ । यससँगै एनपिएलका तीन संस्करणमा तीन फरक टोली च्याम्पियन बनेका हुन् । कीर्तिमानी बन्यो तेस्रो संस्करणएनपिएलको तेस्रो संस्करणमा मन्सेको शतकले नयाँ कीर्तिमान थप्यो । उहाँको १२५ रन प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोर हो । यसअघि चितवन राइनोजका कमिल मिसाराले बनाएको १२० रन उच्च स्कोर थियो । मन्सेको शतक एनपीएल फाइनलमा बनेको पहिलो शतक पनि हो । फाइनलमा सुदूरपश्चिमले निकालेको १० विकेटको जित पनि प्रतियोगिताको इतिहासकै सबैभन्दा ठूलो जित बन्यो । पहिलो संस्करणमा जनकपुरले पाँच विकेट र दोस्रो संस्करणमा लुम्बिनीले ६ विकेटको जित निकालेका थिए । तेस्रो संस्करणमा सर्वाधिक स्कोरको कीर्तिमान पनि बनेको छ । पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध तीन विकेट गुमाएर २२४ रन बनायो । यो एनपिएल इतिहासकै सर्वाधिक स्कोर हो । यसअघि विराटनगर किंग्सले दोस्रो संस्करणमा पोखराविरुद्ध बनाएको २२० रनको कीर्तिमान थियो । पोखराले कर्णाली याक्सविरुद्ध पनि २१७ रन बनायो । चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध २०४ रन जोड्यो । एउटै संस्करणमा तीनपटक दुई सयभन्दा बढी रन बनेको यो पहिलो अवसर हो । एनपिएल इतिहासमा हालसम्म पाँचपटक दुई सयभन्दा ठूलो स्कोर बनेको छ । त्यसमध्ये पोखराले मात्र तीनपटक यस्तो उपलब्धि हासिल गरेको छ । यस संस्करणमा १९ खेलाडीले २७ अर्धशतक बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन अर्धशतक प्रहार गर्नुभयो । पोखराका युवराजसिंह सामरा, चितवनका डेविड मलान, काठमाडौंका रासिद खान र कुशल भुर्तेल, चितवनका रवि बोपरा तथा विराटनगरका लोकेश बमले दुई-दुई अर्धशतक बनाए । तर कम रन बन्ने खेल पनि धेरै रहे । विराटनगर किंग्स काठमाडौं गोर्खाजविरुद्ध १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । तुलनात्मक रूपमा कम स्कोर बनेपछि कीर्तिपुरको पिचलाई लिएर स्वदेशी तथा विदेशी खेलाडीले असन्तुष्टि जनाए । ब्याटिङ सहज बनाउन पिच सुधार्नुपर्ने सुझाव पनि दिए । प्रविधि र अन्तर्राष्ट्रिय मान्यताको नयाँ अध्यायतेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) प्रयोग गरियो । अम्पायरको निर्णयमा असहमति भए खेलाडीले पुनरावलोकन माग गर्न पाए । एलबिडब्ल्युका लागि थ्रिडी बल ट्र्याकिङ प्रयोग गरियो । रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयमा पनि पुनरावलोकनको व्यवस्था थियो । प्रविधिले अम्पायरका निर्णय पुनः परीक्षण गर्न सहयोग गर्‍यो । यसले खेललाई थप प्रतिस्पर्धात्मक र निष्पक्ष बनाउन मद्धत पुर्‍यायो । अधिकांश खेल फ्लडलाइटमा खेलाइयो । उद्घाटन र फाइनल खेल पनि दिवा-रात्रि स्वरूपमा सम्पन्न भए । यसै संस्करणदेखि एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक टी-२० मान्यता पायो । मान्यता पाएसँगै फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडी अनुबन्ध गर्न सहज भयो । प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने दिशामा यो महत्त्वपूर्ण कदम बन्यो । तेस्रो संस्करणमा आठ टोली सहभागी थिए । फाइनल हेर्न त्रिवि क्रिकेट मैदानमा उल्लेख्य दर्शक उपस्थित थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उच्चपदस्थ व्यक्तिहरू पनि मैदान पुगेका थिए । रिजन सिजनकै सर्वोत्कृष्ट खेलाडी, अरू कसले कुन पुरस्कार पाए ?एनपिएल सिजन-३ मा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिनुभएका उहाँले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एण्ड जाएको कार पुरस्कार पाउनुभयो । रिजनले उत्कृष्ट बलर घोषित हुँदै पल्सर मोटरसाइकल पनि जित्नुभयो । उहाँको टिम चितवन प्लेअफ पुगे पनि फाइनल भने पुग्न सकेन । चितवन तेस्रो भयो । यस्तै, प्लेअर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित हुनुभयो । उहाँले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिनुभयो । उहाँले ५ लाख रुपैयाँ पुरस्कार तित्नुभयो । यस्तै, इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा घोषित हुनुभयो । उहाँले नगद २ लाख हात पानुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटगर किंग्सका लोकेश बम घोषित हुनुभयो । उहाँले पनि पल्सर बाइक प्राप्त गर्नुभयो । यसैगरी, जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्डमा पल्सर मोटरसाइकल जित्नुभयो । सुदूरपश्चिमलाई १० विकेटको जितसहित च्याम्पियन बनाउन सहयोग गर्नुभएका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । यसअघि पहिलो सिजनमा दीपेन्द्र सिंह ऐरीले तथा दोस्रो सिजनमा रोहित पौडेलले कार हात पारेका थिए । उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त गर्‍यो । फ्लड लाइटसहितका आठवटा क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणाप्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले एनपिएलका आठवटै क्लबका आफ्नै फ्लड लाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको छ । एनपिएल फाइनल सकिएलगत्तै प्रधानमन्त्री शाहले फेसबुकमार्फत आठवटै शहरमा फ्लड लाइटसहितका आठवटा होमग्राउण्ड बनाउने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री शाहले एनपिएलको छैटौँ संस्करणदेखि होम एण्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्नेगरी रंगशाला निर्माण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ । सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । यस्तै, विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदान हुने प्रधानमन्त्री शाहले उल्लेख गर्नुएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
Latest NewsJust now

डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८... ...

रातोपाटी
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को प्रतीक्षामा कर्णाली

काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा विभिन्न व्यवस्थापन समितिहरू सक्रिय भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । तर, केही खेल भने मङ्सिर ८ गतेदेखि ...

विश्वखबर
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची
Latest NewsJust now

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play