Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

Share:WhatsAppFacebookX (Twitter)Telegram
फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटी र फुलहमले १–१ गोलको बराबरी खेलेका छन्। घरेलु मैदान एतिहाद रङ्गशालामा भएको खेलमा अग्रता जोगाउन नसक्दा सिटीले अङ्क बाँड्नुपरेको हो। खेलको १६औँ मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ओस्कार बबको पासमा उनले उत्कृष्ट गोल गरेका थिए। पहिलो हाफमा सिटीले गोल फर्काउन सकेन । दोस्रो हाफमा सिटीका इलियट एन्डरसनले ५८औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। कर्नरबाट आएको बल फुलहमका खेलाडीले क्लियर गरेपछि उनले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गर्दै गोल गरेका थिए । बराबरीसँगै सिटीको लगातार तीन खेलको हारको शृङ्खला रोकिएको छ । यसअघि एर्लिङ हालान्डले गोल गरे पनि गोलरक्षकलाई फल गरेको भन्दै रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन् । यो नतिजाले फुलहमविरुद्ध सिटीको लगातार २० खेलको जितको शृङ्खला पनि अन्त्य गरेको छ । The post फुलहमसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Kantipur Explainer : के साना मासु पसलेले अब आफूखुसी काटेर बेच्न पाउँदैनन् ? छाप लगाएको मासु बेच्ने भनेको के हो ?
Latest NewsJust now

Kantipur Explainer : के साना मासु पसलेले अब आफूखुसी काटेर बेच्न पाउँदैनन् ? छाप लगाएको मासु बेच्ने भनेको के हो ?

काठमाडौँ, ललितपुर र भक्तपुरमा जाँच सुरु भए पनि सबै स्थानीय पसलमा छाप लागेको मासु तत्काल उपलब्ध नहुन सक्छ। ...

कान्तिपुर
प्रेस युनियनको महाधिवेशन माघ १६ र १७ गते हुने
Latest NewsJust now

प्रेस युनियनको महाधिवेशन माघ १६ र १७ गते हुने

पश्चिम नवलपरासी समाचारदाता पश्चिम नवलपरासी, मङ्सिर ६ गते । नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन आगामी माघ १६ र १७ गते काठमाडौँमा आयोजना गरिने भएको छ । पश्चिम नवलपरासीको ऐतिहासि... ...

गोरखापत्र
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिँदै
Latest NewsJust now

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिँदै

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेश सरकारको नेतृत्वमा पुग्न लागेका हुन्। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play