Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले आज फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरे । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे । उहाँले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए । भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गरे । साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । The post फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश
Latest NewsJust now

बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

लन्डन । जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश दिएको छ । शुक्रबारदेखि लागू... ...

रातोपाटी
संखुवासभामा चट्याङ लागेर दुई जना घाइते
Latest NewsJust now

संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्। बुधबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी नगरपालिका–४ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी... ...

नेपालखबर
बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो
Latest NewsJust now

बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद... ...

रातोपाटी
इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’
Latest NewsJust now

इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’

काठमाडौं- इरानले अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ । यसअघि अर्जेन्टिनाले यसै वर्ष जुनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरेको थियो । त्यसैको जवाफस्वरूप इरानले अर्जेन्टिनाका सैन्य निकायलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णय गरेको हो । इरानको विदेश मन्त्रालयले नोभेम्बर १० मा यसबारे घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play