Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’
Photo / Coverage: विश्वखबर

काठमाडौं- इरानले अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ । यसअघि अर्जेन्टिनाले यसै वर्ष जुनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरेको थियो । त्यसैको जवाफस्वरूप इरानले अर्जेन्टिनाका सैन्य निकायलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णय गरेको हो । इरानको विदेश मन्त्रालयले नोभेम्बर १० मा यसबारे घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा पारित ‘पारस्परिक कारबाही’ सम्बन्धी कानुनअनुसार उक्त कदम चालिएको उल्लेख छ । विज्ञप्तिमा पारस्परिकताको सिद्धान्तका आधारमा निर्णय गरिएको जनाउँदै इरानी विदेश मन्त्रालयले भनेको छ, “यस निर्णयबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी अर्जेन्टिना सरकारकै हुनेछ ।” अर्जेन्टिनाले सन् १९९४ मा राजधानी ब्युनस आयर्सस्थित एएमआईए यहुदी सामुदायिक केन्द्रमा भएको बम विस्फोटका लागि लामो समयदेखि इरान र लेबनानको हिजबुल्लाहलाई जिम्मेवार ठहराउँदै आएको छ । उक्त आक्रमणमा ८५ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । तर इरानले भने उक्त आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु
Latest NewsJust now

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ । ...

कान्तिपुर
बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका
Latest NewsJust now

बालगृहका २४ बालकलाई बबिताले लगाइदिइन् भाइटिका

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । भाइटिकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरङ्गी टीका र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play