Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

फास्ट फुड एसोसिएसन नेपाल रामेछापकाे अध्यक्षमा धर्मबहादुर थापा मगर चयन

Share:WhatsAppFacebookX (Twitter)Telegram
फास्ट फुड एसोसिएसन नेपाल रामेछापकाे अध्यक्षमा धर्मबहादुर थापा मगर चयन
Photo / Coverage: जनताटाइम्स

रामेछाप, कात्तिक १८ । फास्ट फुड व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता अभिवृद्धि, खाद्य स्वच्छता कायम तथा फास्ट फुड व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले फास्ट फुड एसोसिएसन नेपाल जिल्ला कमिटी रामेछाप गठन गरिएको छ। धर्मबहादुर थापा मगरको अध्यक्षतामा गठित जिल्ला कमिटीमा सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्यहरू चयन हुनुभएकाे छ। नवगठित जिल्ला कमिटीको उपाध्यक्षमा गेल्पु शेर्पा, सचिवमा माधवराज आरण, उपसचिवमा दुर्गाबहादुर कार्की र कोषाध्यक्षमा मानबहादुर आले चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा इन्द्रमाया माझी, मनोज श्रेष्ठ, मिरा गिरी र विनय कार्की चयन हुनुभएको छ। फ्रीडम रिसोर्ट, मन्थलीमा आयोजित कार्यक्रममा फास्ट फुड एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता संस्थाका केन्द्रीय उपमहासचिव भीमप्रसाद आरणले गर्नुभएको थियो भने सञ्चालन महासचिव राकेश श्रेष्ठले गर्नुभएको थियो। नवगठित जिल्ला कमिटीले रामेछाप जिल्लामा फास्ट फुड व्यवसायीहरूलाई संगठित गर्दै उनीहरूको पेसागत हकहित संरक्षण, व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल तथा गुणस्तरीय र स्वच्छ खाद्य परिकारको प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। जिल्लामा फास्ट फुड व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा थप सुदृढ बनाउन जिल्ला कमिटीले समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र बनाउँछु : आईजीपी केसी
Economy & BusinessJust now

प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र बनाउँछु : आईजीपी केसी

काठमाडौँ / नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् । गृहमन्त्री सुदन ...

अर्थडबली
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त
Economy & BusinessJust now

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाण्डु– सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । सुवेदीलाई आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए । ...

काठमाण्डुपाटी
नेपालमै गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि प्रत्यायन केन्द्र स्थापना, विदेशी निर्भरता घटाउने लक्ष्य
Economy & BusinessJust now

नेपालमै गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि प्रत्यायन केन्द्र स्थापना, विदेशी निर्भरता घटाउने लक्ष्य

काठमाडौं । नेपाली उद्योगले उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरणका लागि विदेशी संस्थामाथि गर्नुपर्ने निर्भरता घटाउने उद्देश्यसहित सरकारले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। उद्योगको लागत कम गर्ने, परीक्षण तथा प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने र नेपाली उत्पादनप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउने लक्ष्यसहित केन्द्र स्थापना गरिएको हो। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार उद्योग, व… ...

आर्थिक न्यूज
नवनियुक्त आईजीपी केसीको पहिलो घोषणा : प्रहरी जवान र हवल्दारका गुनासा सुन्न गृह मन्त्रालयमै संयन्त्र बनाइने
Economy & BusinessJust now

नवनियुक्त आईजीपी केसीको पहिलो घोषणा : प्रहरी जवान र हवल्दारका गुनासा सुन्न गृह मन्त्रालयमै संयन्त्र बनाइने

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी संगठनभित्रका कर्मचारीका गुनासा सम्बोधन गर्न तत्काल संयन्त्र निर्माण गर्ने घोषणा गरेका छन् । गृहमन्त्री सुदन गुरुङबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि उनले विशेषगरी प्रहरी जवान र हवल्दार तहका कर्मचारीका गुनासा सुन्ने संयन्त्र तत्काल गृह मन्त्रालयमै प्राथमिकताका साथ सञ्चालन गरिने बताए । उनले नेपाल … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play