Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
फण्डाको प्रचारले ‘क का कि की’लाई फाइदा कि घाटा ?
Photo / Coverage: पर्दाफास

हास्य शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको फिल्म ‘क का कि की’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । विक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा छन् । टिकटकमा चर्चित मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारीलगायत कलाकार पनि फिल्ममा आबद्ध छन् । प्रायः कलाकार आफ्ना फिल्मको प्रचारप्रसारका लागि ‘कमेडी दरबार’मा पुग्ने गरेका छन् । यही कारण ‘क का कि की’ले पनि व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको थियो । तर, फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमले आफ्ना कलाकारलाई प्रहरीले पक्राउ गरेको भन्दै प्रचार गरेको थियो । पब्लिसिटी स्टन्टका रूपमा अपनाइएको उक्त शैलीले फिल्मप्रति नकारात्मक धारणा सिर्जना गरेको देखिन्छ । त्यसपछि फिल्मको आलोचना सुरु भयो । अहिले त्यसको असर बक्स अफिसमा पनि देखिएको छ । प्रदर्शनको दुई दिनमा फिल्मले घरेलु बजारबाट करिब १२ लाख रुपैयाँ मात्रै कमाइ गर्न सकेको छ । यस अवधिमा फिल्मका करिब तीन हजार पाँच सय टिकट बिक्री भएका छन् । यसको तुलनामा गत कात्तिक २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘बाटुलो जून’ बक्स अफिसमा अगाडि देखिएको छ । अन्य फिल्मकर्मीका लागि प्रचारप्रसारको प्रभावकारी माध्यम बनेको ‘कमेडी दरबार’को टिम आफ्नै फिल्मको प्रचारमा भने चुकेको देखिन्छ । फिल्मको प्रचारका लागि अपनाइएको विवादास्पद शैलीले दर्शकको ध्यान त खिच्यो, तर त्यसले व्यावसायिक सफलता दिलाउन सकेन । त्यसैले निर्माण टिमले अपनाएको प्रचार शैली फिल्मका लागि फाइदाजनकभन्दा घाटा पुर्याउने खालको देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
OthersJust now

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा ...

पर्दाफास
देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ
OthersJust now

देउवाको दाबी– कांग्रेसको आधिकारिकता हामीले नै पाउँछौँ, म फेरि सभापति बन्दिनँ

पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफुहरुले पाउने दाबी गरेका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाले कांग्रेसको आधिकारिकता आफुहरुले पाउने दाबी गरेका हुन् । उनले भने,‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा बिचाराधिन रहेको मुद्धामा धेरै वहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु । अहिले ...

पर्दाफास
साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान
OthersJust now

साउदी अरेबियामा आफ्नो सेना पठाउँदै पाकिस्तान

साउदी अरबमा पाकिस्तानी सैनिकको तैनाथी दुई देशबीच लामो समयदेखि कायम रणनीतिक साझेदारी र भ्रातृत्वपूर्ण सम्बन्धको हिस्सा भएको उल्लेख छ । ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता
OthersJust now

१०औं राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता

१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले खाता खालेको छ । आइतबार सम्पन्न महिला बास्केटबल (३×३) विधातर्फको फाइनल खेलमा कर्णाली प्रदेशले रजत पदक हात पारेको हो । यस विधा अन्तर्गतको खेलमा नेपाल आर्मीले १३ अंकसहित स्वर्ण पदक हात पार्दा कर्णालीले ९ अकंसहित रजत पदक हात पारेको हो । यो कर्णालीका लागि पहिलो पदक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement