Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन
Photo / Coverage: नेपालन्युज

कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूल मालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूल मालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूल मालाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो । महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ का विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा रु छ हजार २८० बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सजावटका सामग्री नष्ट गरिएको छ । “अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएपछि प्रतिबन्धित सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ”, प्रमुख कडरियाले भने । महानगरले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूल मालाको बिक्री वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी त्यस्ता सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो । महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद नाघेका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो । उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूल मालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको प्रयोग र बिक्री वितरण निरुत्साहित गर्न आवश्यक रहेको बताए । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्न सक्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । “कृत्रिम फूल मालाको विकल्पमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूल मालाको प्रयोगलाई प्रोत्साहन गरेका छौँ । फूल खेती गर्ने कृषकलाई महानगरले अनुदानलगायत सहयोग गरिरहेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गर्दै आएका छौँ”, उपप्रमुख गुरुङले भने । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ । उक्त व्यवस्थाविपरीत कार्य गरेमा ऐनको दफाअनुसार जरिवाना हुने प्रावधान छ । पोखरा महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभीरमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
Latest NewsJust now

घोप्टेभीरमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दियो । पहिरो हटाएर सडक सञ्चालनमा... ...

रातोपाटी
ढकमक्क फूलले ढाकियो धनकुटा
Latest NewsJust now

ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटा।धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारोमा छन्। तिहार भन्ने बित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो। घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटीकाको मालासम्म फूलकै महत्व हुन्छ। यही ...

नेपालन्युज
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु
Latest NewsJust now

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

काठमाडौं । कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु गरेको छ । महानगरपालिका–१०, नयाँवानेश्वरस्थित छक्कुबक्कु टोलबाट अभियानको शुभारम्भ गरिएको हो । कुकुर तिहारमा एक दिन फूलमाला लगाएर सम्मान गर्ने परम्परालाई वर्षभरि नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play