काठमाडौं । मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई. मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ । समग्र इभी दर्तामा गिरावट आए पनि उक्त मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अक्टोबरमा प्रोटोन ई.मास ५ का दुर्ई हजार दुई सय ६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल इभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ । उक्त महिनामा मलेसियामा कुल चार हजार पाँच सय ९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो । त्यसैगरी, प्रोटोन ई.मास ७ का पाँच सय ५४ वटा सवारी दर्ता भएका छन् । उल्लेखित दुर्ई मोडलको संयुक्त दर्ता कुल इभी दर्ताको ६१.३ प्रतिशत रहेको छ । यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या पाँच हजार २३ पुगेको छ, जुन यस वर्ष दोस्रोपटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो । जसले मलेसियाको विद्युतीय तथा वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई दर्शाउने कम्पनीको भनाइ छ । मलेसियामा ई. मास ५ ले हासिल गरेको सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्छ । नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले प्रोटोनको आधिकारिक वितरकका रूपमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुर्ई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सेगमेन्टमै पहिलो रियर-ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टी-लिंक सस्पेन्सन, ८५ किलोवाट मोटर, ४० किलोवाट आवरको सिएटिएल एलएफपी ब्याट्री र भेहिकल-टु-लोड (भि-टु-एल) क्षमता रहेको छ । ७० लिटरको फ्रन्ट ट्रंक (फ्रंक), तीन सय ७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले गाडीको व्यावहारिक उपयोगिता थप बढाउँछन् । साथै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । ई.मास ५ को मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ । प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ । जसमा चार सय १० किलोमिटरसम्मको डब्लुएलटिपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर र डिसी फास्ट चार्जिङ सुविधा रहेको छ । जसमा १५.४ इन्चको २.५ के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशिल्ड हेड-अप डिस्प्ले (एचयुडी) र भेहिकल-टु-लोड (भि-टु-एल) सुविधा पनि उपलब्ध छन् । हाल उक्त ई.मास ७ को मूल्य ४९ लाख ९९ हजारबाट सुरु हुन्छ ।
प्रोटोन ई. मास ५ मलेसियामा सबैभन्दा बढी बिक्री

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






