काठमाडौं। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा पत्रकार राजेन्द्र विष्टको निधन भएको छ। कलेजोको समस्याबाट पीडित विष्टको उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा आज निधन भएको प्रेस चौतारीका सुदूरपश्चिम इञ्चार्ज दिलबहादुर छत्यालले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि विष्टलाई बुधबार अस्पताल भर्ना गरिएको थियो। तीन दशकदेखि पत्रकारितामा सक्रिय विष्ट पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत थिए।
प्रेस चौतारीका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन

Read Complete Original Article
Published originally on नेपालन्युज






